रौतहट १९ माघ । गौर नगरपालिका वडा नं. २ लाल बकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई अभियुक्त लाई प्रहरीले पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नं. ५ कोईरीटोल का वर्ष १९ को राहुल यादव र अर्को नाम नखुलेकोलाई नियन्त्रणमा लिने क्रममा राहुल यादवले बोकेको चक्कु प्रहार गर्दा प्रहरी सहायक हवल्दार सुरेश यादवको दाहिने हातमा काटिए पश्चात प्रहरीले ठुलो चाईनिज पेस्तोलबाट १ राउण्ड हवाईफायर गरी राहुल यादवलाई चक्कु थान-१ र कैची थान-१ सहित नियन्त्रणमा लिएको र अर्को फरार व्यक्ति गौर नगरपालिका वडा नं. ४ वस्ने वर्ष १९ को रवि यादवलाई खोजतलास गर्ने क्रममा १९ गते विहान १० बजेको समयमा गौर नगरपालिका वडा नं. ४ मा लुकी वसेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भईरहेको डिएसपी उमाशंकर प्रसाद यादवले जनाएका छन ।