Wednesday, January 22, 2025

परिक्षण रिपोर्ट आउन ढिलो,आर्थिक चलखेल को गुनासो

पछिल्लाे समाचार

रौतहट २३ माघ। गौर नगरपालिका ५ मा रहेको फूलवारा डेरी उद्योगबाट बरामद भएको वस्तुको नमुना परीक्षणको रिपोर्ट सार्वजानिक हुन सकेको छैन ।
उद्योगमा संचालक रौतहटको राजपुर नगरपालिका- १ का शेख समीमले दूध तथा घिउ मा अखाद्य वस्तु मिसावट गरी बिक्री गरिरहेको सूचनाको आधारमा गएको १७ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोली छापा मारेर उद्योग सील गरेकाे थियो।
उद्योग संचालकले खाने सामानमा जनावरको बोसो तथा केमिकल मिलाएको भन्दै १८ गते परीक्षणका लागि खाद्य प्राविधि तथा गुण नियंत्रण डिभिजन कार्यालय मलंगवा सर्लाही पठाएको थियो ।
समयमा रिपोर्ट सार्वजानिक नगर्दा स्थानीयवासीमा शंका उत्पन्न भएको छ।
छापामारी गरेको भोलिपल्ट १८ गते उद्योग संचालकसहित पक्राउ परेका ४ जनाको नाम सार्वजानिक गरेपनि घटना लाई सामान्य बनाउन लाखैको आर्थिक चलखेल भएको आशंका स्थानियले गरेका छन ।
संचालकमाथि कडा कारबाही हुनु पर्ने स्थानीय माग गरेका छन्।
नमुना संकलन गरी लागेको हप्तादिन वितिसक्दा पनि सम्बन्धित निकायले बरामद भएको वस्तु कुनै जनावरको बोसो हो वा केमिकल हो भन्ने बारेमा प्रस्ट पारेको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु