प्रेमचन्द्र झा/ राैतहट ११ फागुन / प्रसिद्व कथावाचक हेमलता शास्त्रीले दण्ड जहिले पनि कमजोरलाई हुने गरेको बताएकि छन ।
राैतहटको गाैर नगरपालिका स्थित राईस मिल मैदानमा आयोजित ५१ कुण्डिय विष्णु महायज्ञ तथा अन्तर्राष्ट्रिय सन्त सम्मेलन स्थलमा विहिवार कथा वाचन गर्नु हुँदै सन्सारलाई सन्त र नारी शक्तिले परिवर्तन गरेको ईतिहास स्मरण गर्दै नारीलाई कमजोर नठान्न अनुराेध गरीन ।
तैपनि पुरुष प्रधान यस समाजमा शेरको बलि हुदैन खसिको मात्र बलिदिने गरिन्छ । जहिले पनि महिलालाई कमजोर ठान्ने गर्दछन । महिलालाई कमजोर नठान्न अनुराेध उनले आग्रह गरीन ।
महिला जहाँ बसे प्रेम वातस्ल्य ,करुणा जागृत हुने गरेको बताउनु भयो । जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको वास हुन्छ । नारि काली, कलि, फुलबारी ,बेटी ,सिता सबैलाई नारीको संज्ञा दिनु हुदै। नारिलाई अपमान गर्ने पुरुष हुनै सकदैन ।वहाँले नारीलाई सम्मान गर्न सबैसंग अनुराेध गरीन ।
संसारमा बनावट मिलावट दिखावट सिखावटमा बढि विश्वास गर्ने भएकोले भगवानमा आस्था भए ती कुराको जरुरी नहुने बताइन ।
सबैलाई शास्त्र र संस्कार सम्झिनु जरुरी रहेको बताउदै
शिक्षाको जिवनमा ठुलो महत्व रहेको बताइन ।
शिक्षा र संस्कार ऐन बताउदै शिक्षा मजबुत हुने समाजको चमक बेग्लै हुने गरेको बताए । अविनाशि जसकाे नाश न हाेस । परमात्माकाे नास हुदैन । आमालाई अफ्ना बच्चालाई बाेतलकाे दूध नखुवाउन अनुराेध गर्दै बोतलको आदतले नै कोकाकोला हुँदै मदिरापानको आदत हुने गरेको चेतावनी दिइन ।