रौतहट २० माघ । रौतहटको चन्द्रपुर नगरपालिका वडानम्बर ५ का जनप्रतिनिधिहरु संग जलबायु उत्थानसिल कार्यक्रम अन्तर्गत जनप्रतिनिधि संग जनता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वडानम्बर ५ का अध्यक्ष नीलहरी कोईराला, सदस्यहरु मान बहादुर राना मगर, शम्भुशरण कुवर, लालबती माझी, सचिब सागर कोईराला संग सहभागि बिभिन्न समुहका प्रतिनिधिहरुले जलबायु परिबर्तन बाट हुने असर र प्राकृतिक बिपती नियन्त्रण गर्ने बिषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रमको सहजिकरण संचारकर्मी सञ्जय कार्कीले गरेका छन सो कार्यक्रममा सहभागीहरुले उधोग स्थापना गरेर रोजगारीको बाताबरण बनाउनु पर्ने, प्लाष्टिक मुक्त गरेर कपडाको झोला प्रयोगमा ल्याउनु पर्ने, बिजुलीको लत्रिएको तार लाई ब्यबस्थित गर्नु पर्ने, चोरी घटनामा बृद्धी भएकाले नियन्त्रण गर्नु पर्ने, चादी नदिमा तटबन्ध गर्नु पर्ने, वडानम्बर ५ का बस्ति डुबानमा पर्ने भएकाले पानीको निकासको ब्यबस्था गर्नु पर्ने, राजकुलोको संरक्षण गर्नु पर्ने माग , किसानले राखेका थिए ।
जनताले उठाएको प्रश्नको जवाफ वडाका जनप्रतिनिधिले दिएका थिए ।