Wednesday, January 22, 2025

घाटगद्दी गरि राखेको काठमा आगलागी,लाखौको क्षेती

पछिल्लाे समाचार


रौतहट ३ फागुन। चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित नमुना सामुदायिक वन समितिले घाटगद्दी गरि राखेको गोलियामा आगलागी हुँदा  जलेर काठ नष्ट भएको छ ।
नमुना सामुदायिक वन समितिका अध्यक्ष विनोद चौधरीले   बुधबार  घाटगद्दी गरेर राखेको काठमा आगो लागेको बताएका छन ।
सागरनाथ वन परियोजनाको बन हुदै  काठमा सल्किएको आगो  नियन्त्रणमा लिन चन्द्रपुर ,हरिवन नगरपालिकाको वारुणयन्त्र, प्रयोग भएका थिए ।


वर्षौदेखि संकलन गरि राखेको  काठमा लागेको  आगो करिब ३ घण्टापछि नियन्त्रण आएको थियो ।
आगोले १५–१६ वटा काठको चट्टा जलेको र करीव ५० लाखको नोक्सान भएको बन समितीका अध्यक्ष चौधरीको बताएका छन।
जलेका अधिकांस साल प्रजातिका काठ रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । आगलागीबाट भएको क्षेतिको एकिन बिवरण आइनसकेको  डिभिजनल वन अधिकृत सुनिल कुमार कर्णले बताए ।
घाटगद्दी गरी राखिएका गोलिया काठहरु हेटौंडा–ढल्केवर–दुहबी ४ सय केभी प्रसारण लाइनको टावर निर्माण गर्दा काटिएका रुखहरु रहेका थिए  ।
डिभिजन वन कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई काठहरु कुहिएर नष्ट हुँदै गएकोले  चाँडै लिलाम प्रक्रिया अगाडि बढाउन आग्रह गरेपनि बन कार्यालयले चासो नदिदाँ आज जलेर नष्ट भएको अध्यक्ष चौधरीको गुनासो छ ।
बन अधिकृत कर्णले जलेका काठको केही समय अघि लिलाम प्रकृया अगाडि बढाएक‍ तर पुन काठको बर्गिकरण गर्नुपरेकाले ढिलो भएक‍ बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु