Wednesday, January 22, 2025

गरुडा नगरमा रहेका सिकाइ केन्द्रहरुको अनुगमन

पछिल्लाे समाचार

गरुडा १ फागुन ।गरुडा नगरपालिकामा संन्चालनमा रहेको सम्पुर्ण सिकाई केन्द्रहरुको अनुगमन गरिएको थियो ।
युके एडको आर्थिक सहयोगमा पिन नेपालको प्राबिधिक सहयोगमा तथा आसमान नेपालको आयोजनामा संचालित आरम्भ परियोजना अन्तर्गत संचालित गरुडा नगरपालिका,रौतहटको बिभिन्न वडामा संचालित किशोरी सिकाई केन्द्रहरुको नगर प्रमुख कन्थमनि जैसवालको अध्यक्षतामा अनुगमन गरिएको थियो ।
गरुडा नगरपालिकाको १,२,८ र ९ वार्डमा गरि जम्मा १६ वटा किशोरी सिकाई केन्द्र मार्फत ३ सय ५९ जना किशोरीहरु सो किशोरी सिकाई केन्द्रमा छन् ।
जस मध्ये सोमबार वडा नं ,८ ,९ सिकाई केन्द्रको अनुगमन नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले गरेका छन भने १ र २ मा रहेको सिकाई केन्द्रहरुको अनुगमन नगर उप–प्रमुख पुनम चौधरी गरेका छन ।
अनुगमनको क्रममा किशोरीहरुको प्रगति बिवरण, सिकाई स्तर,केन्द्र व्यवस्थापन समिति, चेन्ज च्याम्पियन र अभिभावकको सहयोग तथा आएका समस्याहरुको बारेमा छलफल गरिएको थियो ।
आसमान नेपालको अध्यक्ष राम प्रबेश यादबले किशोरी सिकाइ केन्द्रलाई निरन्तरता दिन स्थानिय सरकारलाई अनुरोध गरेका थिए ।
शिक्षा शाखाको संयोजक सरोज गौतमले भने नगरभरि सञ्चालित सिकाइ केन्द्रहरूलाई निरन्तरता दिन सके नगरपालिकालाई साक्षर घोषणा गर्न धेरै सहयोग पुग्ने बताए ।
नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले निर्वाचित भएदेखि नै शिक्षामा बिशेष जोड दिदै आएको र पढाईबाट बन्चित नहोस भनि उदेश्यले बिभिन्न तरिकाले शिक्षालाई निरन्तरता दिन प्रयासरत रहेकाे बताए ।
अनुगमनमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालसँगै आसमान नेपालका अध्यक्ष रामप्रवेश यादव ,आसमान नेपालका कार्यक्रम संयोजक जमुना श्रेष्ठ,शिक्षा अधिकृत अरविन्द कुमार साह,परियोजना प्रबन्धक संजिव गुप्ता,शिक्षा शाखाका सरोज गौतम,सह–संयोजक चाँद अली,योजना शाखाका रामानन्द सहनी,महिला बालबालिका शाखाकी अस्मिता यादव,लगायत को उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु