राैतहट २९ माघ। गरुडा नगरपालिकाका दुईवटा माध्यमिक विधालयले अनिश्चितकालीन रुपमा पठन पाठन बन्द गर्ने चेतावनी दिएका छन ।
ती पालिकाहरुले लामाे समय देखि राेक्का गरेको बैंक खाता फुकुवा नभए अनिश्चितकालीन पेनडाउन गर्ने दुई विधालयले चेतावनी दिएका हुन ।
खाता फुकुवा नभएपछि विधालयमा कार्यरत शिक्षक/ कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताउदै खाता फुकुवा नगरिए यही फागुन २ गते देखि अनिश्चितकालीन पेनडाउन गर्ने शिक्षक कर्मचारीको बैठकले निर्णय गरेकाे छ ।
खाता फुकुवाका लागि नगरप्रमुख कन्तमणी प्रसाद जयसवाल लाई पटक पटक अनुराेध गरे पनि सुनुवाइ नभए पछि अनिश्चितकालीन पेनडाउन गर्नु परेकाे माध्यमिक विधालयगरुडाका प्रधानाध्यापक प्रभु पटेलले बताए ।
नगरपालिकालाई ध्यानाकर्षण बुझाएको माध्यमिक विधालय श्री पुरका प्रधानाध्यापक रामआधार पासवानले जानकारी दिएका छन ।
माध्यमिक विधालय गरुडमा कार्यरत शिक्षक/ कर्मचारीको आईतबार बसेको बैठकले समेत पेनडाउन गर्ने निर्णय गरेको प्रधानाध्यापक प्रभु पटेलले बताएका छन ।