Wednesday, January 22, 2025

केराखेती तर्फ रौतहटका किसान आकर्शित,तालिम र कृषि प्राबिधिक अभाव

पछिल्लाे समाचार


रौतहट, ८ फागुन । पछिल्लो समय रौतहटमा केराखेती गर्ने किसान बढेका छन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रौतहटले समेत केराखेतीतर्फ कार्यक्षेत्र विस्तार गरेको छ ।
चन्द्रपुर नगरपालिका-४ सन्तपुर घर भएका मोहन तिमिल्सिनाले आठ कठ्ठा जग्गामा केराखेती गरेर वार्षिक चार लाख बढी  आम्दानी गरेकाे बताउछन ।
मौलापुर नगरपालिका-३ का अनिरूद्ध यादवले १० कठ्ठा जग्गामा केराखेती गर्दा  वार्षिक पाँच लाख सम्म आम्दानी भएको बताएका छन ।
जिल्लाकाे १८ पालिकामध्ये नौ वटा पालिकाका ३० वटा वडामा कार्यक्रम गर्नका लागि  ३ सय २१ हेक्टरमा केराखेती गर्न माटो परिक्षण गरि छनोट गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाईका निमित्त वरिष्ठ कृषि अधिकृत दिपककुमार मिश्रले जानकारी दिएका छन ।
सरकारको ५० प्रतिशत अनुदानमा केराखेती गर्न किसानलाई सहयोग गर्दै आएको छ ।
केरा खेतीको सरकारले विमाको व्यवस्था गरेको छ। लगानीको ९० प्रतिशतसम्म बिमा गरेको हुँदा क्षतिपूर्ति दिने कृषि प्राविधिक सुवाष प्रसाद साहले बताए।
मालभोग, हरिछाल, बडहरी, चिनीचम्पा, घुसरे, हाइब्रिड र जिजाइन  नामका केरा किसानले खेती गरेको  छन ।
केरा खेतीबाट बढी आम्दानी हुने भएपछि चन्द्रपुर नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ६ वडाका किसानहरुको आकर्षण बढेको छ ।
धान, गहु, मकै लगाएत अन्य  खेतीगर्दा समयमा मल, खाद्य नपाइने, काम गर्ने मजदुर अभाव, सिंचाइको असुविधाले गर्दा किसानहरु  केरा खेतीमा आकर्शित हुन थालेका छन ।
  रोपेपछि ९ महिनामा केरा पसाउन थाल्ने र एक वर्षमा बेच्नको लागि केरा तयार हुने गरेको छ ।
एक पटक रोपेपछि कम्तिमा ५ वर्षसम्म रोप्न नपर्ने भएकाले खेती गर्न सहजभएको किसानहरुको अनुभव छ ।
गवारा लगायतका रोग र किराहरुले केरामा नोक्सान पुर्याउने गरेको, बैंक ऋण सहुलियतमा नपाउने र हावाहुरी असिनाले क्षेती गर्दा केराखेती सोचे अनुसार नभएको किसान बताउछन ।
तीनै तहका सरकारले  व्यवसायिक केरा खेतीमा लाग्ने कृषकहरुलाई आवश्यक सहयोग, प्राविधिक ज्ञान तथा तालिम, कृषि प्राविधिकको व्यवस्था गरे केरामा नेपाल आत्मनिर्भर हुने किसानको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु