Thursday, January 23, 2025

एस.ई.ई तयारी परिक्षाको अनुगमन गर्दै प्याब्सन

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट १८ माघ ।   निजि तथा आवासिय विद्यालयको छाता संगठन प्याब्सनले एसईई तयारी परिक्षा संचालन गरेको छ । देशभरी रहेका निजि विद्यालयमा  एकै साथ तयारी परिक्षा संचालन गरिएको केन्द्रीय सचिव के.वि थापाले बताए । उनका अनुसार  माघ १५ गते आईतवार देखी संचालनमा रहेको परिक्षा २३ गते सम्म चल्ने छ । बिद्यार्थीको पढ्ने भावनको बिकाश होस भन्ने उदेश्यले प्री.बोर्ड परिक्षा संचालन गरेको उनले बताए । सोहि परिक्षाको बुधवार प्यावसन मधेस प्रदेशका अध्यक्ष तथा परीक्षा समितिका संयोजक दिपक रेग्मीले बिभिन्न केन्द्रमा पुगी अनुगमन गरेका छन । परीक्षा व्यवस्थित र मर्यादित भए÷नभएकोबारे जानकारी लिन अनुगमन गरिएको उनले बताए । अनुगमनका क्रममा सबै केन्द्रहरुमा अनुशासित र मर्यादित ढंगले परिक्षा सुचारु रहेको पाईएको संयोजक रेग्मीले बताए । उनले बारा,पर्सा,सर्लाही,धनुषा हुँदै बुधवार रौतहटमा अनुगमन गरेको जानकारी दिए । उनका अनुसार महोत्तरी र सिरहामा भने अनुगमन बाकी छ  ।
मधेश प्रदेशमा करिव ६ हजार ५ सय निजि बिधालयका बिद्यार्थीले एकैसाथ परिक्षा दिईरहेको उनले जनाए । मधेश प्रदेशमा सिरहा देखी पर्सा सम्म केन्द्र निर्धारण गरी परिक्षा संचालन भईरहेको रेग्मी बताउछन । सप्तरीमा भने विविध कारणले केन्द्र तोक्न नसकिएको उनले बताए ।
बिद्यार्थीलाई सरल र सहज किसिमले प्रस्तुत गर्दै परीक्षामा सफलता प्राप्त गर्न प्यावसनले हरेक बर्ष तयारी परिक्षा गराउदै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु