रौतहट १९ माघ ।दुर्गा भगवती गाउँपालिका द्वारा आयोजित प्रथम पालिका स्तरिय गाऊँपालिका अध्यक्ष कप टि- २० क्रिकेट प्रतियोगिताको फाईनल खेलको उपाधी गरुडा नपाले जितेको छ
पालिका स्तरिय अध्यक्ष कप टि २० नकआउट क्रिकेट प्रतियोगिता सरस्वती उच्च माध्यमिक विद्यालय पिपरा भलोहियामा संचालन थियो ।
विहिवार प्रतियोगिताको फाइनल खेलमा कटहरियालाई ७० रनले हराउदै अध्यक्ष कपको उपाधी गरुडा नगरपालिकाले जितेको छ ।
फाइनल खेलमा गरुडा नगरपालिकाको क्रिकेट टिमले टस जितेर पहिलो ब्याटिंग रोजेकाे थियो । निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १६० रनको योगफल तयार परेर कटहरिया नगरपालिकालाई १६१ रनको टार्गेट दिएकाे थियो ।
प्रतिउत्तरमा कटहरिया नगरपालिका अलआउट हुँदै ९० रन बनाए । गरुडाको खेलाडीहरु प्रतियोगिता भरी उत्कृष्ट प्रदर्शन गर्दै अध्यक्ष कप माथि कब्जा जमाउन सफल भए ।
आजको ब्याटिंगमा १० ओभर सम्म गरुडाका कसैलाई विकेट लिन कटहरिया सफल भएनन । पराजित हुँदै उपविजेतामा चित्त बुझाउनु परेको अध्यक्ष कप आयोजक समितिका पदाधिकारी आदर्श झाले जानकारी दिए ।
अध्यक्ष कपको विजेतालाई नगद २५ हजार र उपविजेतालाई १५ हजार तथा शिल्ड मेडल प्रदान गरिएको अध्यक्ष कप आयोजक समितिका पदाधिकारी आदर्श झाले जानकारी दिए
विजेताहरुलाई प्रमाण पत्र दिदै मधेश प्रदेशका सासद युवराज भटराई (समिर) ले खेलकुदको माध्यमबाट युवा विद्यार्थीको मानसिक तथा बौद्दक विकासमा मद्दत पुग्ने बताए ।
नेपालमा पनि क्रिकेट खेलको राम्रो भविष्य रहेको हुँदा युवाहरुको यस खेल प्रतिको रुची बढ्दै जानु सुखद पक्ष रहेको हुँदा पालिकाबाट यस्ता खेल लाई प्रोत्साहन गर्न जरुरी रहेको प्रदेश सासद भट्टराइको धारणा छ ।
उपविजेतालाई पूर्व उर्जा राज्य मन्त्री सत्यनारायण भगतले प्रमाण पत्र र १५ हजारको चेक हस्तान्तरण गरेका छन । गाउँपालिका अध्यक्ष शम्भु सिंहले क्रिकेट खेललाई विकास गराउने र युवाहरुलाई राष्ट्रिय टोलीमा समावेश गराउने उदेश्यले निकट भविष्यमा प्रदेश स्तरिय क्रिकेट म्याचको आयोजना गर्ने घोषणा गरेका छन ।
सो कार्यक्रममा उपाध्यक्ष शिला देवी, वडाध्यक्ष धर्मेन्द्र कुमार झा (डिके), प्रदुम्न चौधरी, धर्मनाथ चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, पत्रकारहरु प्रभातकुमार झा, गौतम श्रेष्ठ, संजयकुमार मिश्र, आलोक पाण्डे, रामएकवाल साह, राजेश्वर पाण्डे, पुष्पराज यादव, पवन राज गुप्ता क्रिकेटप्रेमी हेमचन्द्र झा, विनयकुमार झा, हरिशंकर झा, लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।