Thursday, January 23, 2025

हात्तीपाईले राेग निवारण गर्न औषधी सेवन अभियान शुरु हुने

पछिल्लाे समाचार



राेैतहट २२ माघ। हात्तीपाईले राेग विरुद्वको औषधी खुवाउने अभियानकाे जिल्ला स्तरीय याेजना तर्जुमा गाेष्ठी गौरमा सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय राैतहटले आयोजना गरेको गाेष्ठीमा सबै स्थानिय तहका नगर प्रमुख/उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजक जिल्लाका फोकल पर्सन, इपिडिमियोलोजी तथा राेग नियन्त्रण महाशाखा, आर टी आई साथै विश्व स्वास्थ्य संगठनका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।
जिल्लामा फाल्गुन ११ गते देखि २५ गते भित्र  घर घरमै गई औषधी खुवाईने कार्यक्रम रहेका छ ।
इपिडिमियोलोजी तथा राेग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत  राम कुमार महतो तथा  आर टि आई प्रमुख  धर्मपाल रमणका अनुसार जिल्लामा जनसंख्या लगभग ८ लाख ४८ हजार छ ।
जस मध्य  २ वर्ष भन्दा कम, सिकिस्त विरामी, गर्भवती महिला, सात दिने सुत्केरी र गम्भीर रोग लागेका व्यक्ति हरुले बाहेक सबै लाई औषधी खुवाउने कार्यक्रम रहेको छ ।
  यसपटक  सबैलाई औषधि खुवाउने योजना रहेको स्वास्थ्य प्रमुख सुरेश यादवले बताए ।
औषधी मधेश प्रदेशका राैतहट,सर्लाही, महोत्तरी, बारा र धनुषा सहित देशका १५ जिल्लामा एकै साथ खुवाईनेछ।
हात्तीपाईले राेग विरुद्धको  औषधी पटक पटक खुवाउदा मानिसले नखाई दिदा पुन: अभियान सञ्चालन गर्नु परेकाे स्वास्थ्य कार्यालय भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु