रौतहट ६ फागुन । मौलापुरमा साँस्कृति कार्यक्रम भन्दै समाजमा अपाच्य ओरकेष्ट्रा नाच नचाइएको गुनासो छ ।
भोजपुरी ओरकेष्ट्रा रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा देखाइएको हो ।
मौलापुरको पतौरास्थित रहेको महादेव मन्दिरमा प्रत्येक वर्ष मेला लगाउँदै आएको छ । मौलापुर नगरपालिकाले प्रत्येक वर्ष मधानी महोत्सवमा लाखौ खर्चेर ओरकेष्ट्रा नचाउने गरेको छ ।
शिवरात्रीको अवसरमा धार्मिक एवम् साँस्कृतिक कार्यक्रम गर्न सुझाव दिएपनि ओरकेष्ट्रा देखाएपछि धेरैले बिरोध गर्दै आएका छन ।
भारतको बिहारबाट प्रत्येक बर्ष आर्क्रेस्टामा कलाकारहरु बोलाउने गरिएको छ ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको मौलापुरको शिव मन्दिरमा मेला लगाइन्छ । मेलामा साँस्कृति र धार्मिक भजन सँगीतलाई प्राथमिकता दिनुको सट्टा ओरकेष्ट्रामा कलाकार अस्लिल गित नाच देखाउने गरेको स्थानिय बुद्धिजिवीहरुको गुनासो छ ।