Wednesday, January 22, 2025

संस्थागत विकासको लागि २ दिने अन्तरक्रिया कार्यक्रम

पछिल्लाे समाचार


मुकेश कुमार साह
/चन्द्रपुर ७, फागुन /युवाले नेतृत्व गरेका नागरिक संस्थाहरुको संस्थागत विकासको लागि २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा कार्यक्रम भएको हो । कार्यक्रममा युवा कल्वमा आवद्ध दुई जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बारामा संचालित युवा साझेदारी केन्द्र,साईनिङ युवा क्लव,श्री जनमुखी युवा चारपाते ,जोरलाइ जनहित युवा क्लब,श्री बजरंगी युवा क्लबका प्रतिनिधीले सहभागिता जनाएका थिए ।
यस्तै रौतहटबाट मिसन साक्षर युथ कल्व,घोडिदेवी युथ कल्वका प्रतिनिधीहरुको उपस्थिती थियो । सो तालिम भि.ए.सो र युके.एडको सहयोगमा भएको हो ।
कार्यक्रममा कृषी ऎन स्थानियमा लागु गर्ने, किसान परिचय पत्र तथा वर्गीकरण,पोषण बगैचा तथा ब्यहवार परिवर्तित सम्बन्धी छ्लफल समेत गरिएको थियो । तालिमका प्रशिक्षक केदार कोईराला थिए । स्थानिय तहमा कृषि ऎन निर्माणका साथै किसान पहिचान सहितको वर्गीकरण र परिचय पत्र बितरण सम्बन्धमा कार्यक्रम गरिएको कार्यक्रम प्रबन्धक समेत रहेका प्रशिक्षक कोईरालाले जनाए ।
स्थानिय तहमा रहेको कानुनहरुको बिश्लेषन सहित समाजीक सवालहरूको पहिचान गरी लक्षित किसानहरुलाई न्याय पुर्याउन सो कार्यक्रम गरिएको उनको भनाई छ ।
कार्यक्रममा स्थानिय तहमा युवाहरूको संग्लनता बढाई समाज परिवर्तन गर्ने भनि योजना निर्माण गरिएको हो ।
साथै युवाले नेतृत्व गरेका नागरिक संस्थाहरुको संस्थागत
विकास को लागि योजना निर्माण गरी स्थानिय तहमा युवाहरूको क्षमता कार्यमूलक विकास र संलनगता बारेमा पनि छलफल गरिएको परियोजना अधिकृत अङ्किता नेपालले जनाए ।
कार्यक्रममा विशेषगरी कृषि संग सम्बन्धित बिषय बस्तुमा प्रकाश पारिएको केन्द्रीय सदस्य बलराम साहले बताए । कार्यक्रममा कृषक समूह महासंघ नेपालका सामुदायिक स्वयंसेवक कबिता बन्जारा,सबिना ओस्ती, प्रदिप माझि तथा परियोजना सहजकर्ता नथुनी माझिले कार्यक्रमको सहजिकरण गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु