Wednesday, January 22, 2025

व्यापारी र किसान बिच अन्तरकृया

पछिल्लाे समाचार


रौतहट १ फागुन । गजरा नगरपालिकामा व्यापारी, सेवा प्रदायक र किसान बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नम्बर ७ मा एक दिने अन्तरक्रिया कार्यक्रम राखिएको थियो । ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि ) जनकपुर कोरिडोर कार्यालय जनकपुरधामको आयोजनामा तरकारी आपूर्ति श्रृखला सम्बद्ध व्यापारी, सेवा प्रदायक र किसान बिच व्यापार विस्तार र समन्वयका लागि अन्तरक्रिया गरिएको थियो ।
गुजरा नगरपालिका वडा नम्बर ७ र ८ मा रहेको जानकी महिला कृषक समूह र श्री लक्ष्मी महिला कृषक समुहमा आबद्ध किसानहरुको सहभागिता रहेको थियो ।
जानकी महिला कृषक समुहकी अध्यक्ष रंजीता देवी चौधरीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको मुख्य उदेश्य समूहहरू द्वारा उत्पादन गरिएका हरियो तरकारीहरूलाई सामुहिक बजारीकरण मार्फत बिक्री गर्नु रहेको छ । साथै समुहहरूलाई वार्षिक तरकारी उत्पादन योजना, बेमौसमी तरकारी खेती गर्ने प्रक्रिया, गुणस्तरीय विउविजन र यसका फाईदा बारे समेत सेवा प्रदायक,व्यापारीहरुलाइ शेख नमरेज आलम द्वारा जानकारी गराईएको थियो ।
कार्यक्रम मिति २०७९ फाल्गुन १, २ र ३ गते जिल्लाको गरूडा नगरपालिका, राजपुर नपा र यमुनामाई गाउँपालिकामा समेत रहेका तरकारी समुह बिच गरिने आयोजनाका कर्मचारी विष्णुदेव झा र अकिल अहमदले अंसारी जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु