Wednesday, January 22, 2025

विचाैलिया राेक्दै रौतहटका प्रजिअ मिश्र

पछिल्लाे समाचार


राैतहट २२ माघ । जिल्ला प्रशासनले कार्यालय आगाडीबाट विचाैलियालाई हटाउन लगाएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सेवा प्रवाहमा विचाैलियाको चलखेल राेक्न कार्यालय आगाडीको भिडभाड हटाउन लगाएका छन ।
जिल्ला प्रशासन कार्यालय परीसरबाट बिचौलियाले नागरिकता लगाएतका काममा चलखेल गरेको गुनासो जनस्तरबाट आएपछिले हटाईएको हो ।
जिल्ला प्रशासन कार्यालय राैतहट गाैर आगाडी बाटो छेकेर टेबुल कुर्सी लगाएर बोरा ओछयाएर बस्ने बिचाैलियालाई प्रशासनले हटाएका हुन ।
जिल्ला प्रशासन कार्यालयको काममा विचाैलियाको चलखेल राेकिए पछि जनताको काम सहज, सरल र निस्वार्थ ढंगले सम्पादन हुने विश्वास सेवाग्रहीको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु