Thursday, January 23, 2025

रौतहट लगाएत १५ जिल्लामा हात्तिपाइले रोगको ओषधी खुवाउन थालियो

पछिल्लाे समाचार


जनकपुर ११ फागुन ।मधेश प्रदेशका जिल्लाहरूमा हात्ती पाईले रोगको  जोखिम उच्च रहेको बताइएको छ । जोखिम देखिएपछि हात्तिपाइले बिरुध्दको ओषधी खुवाउन थालिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार नेपालमा पनि हात्ती पाईले रोगीको सङ्ख्या ३० हजार रहेको छ । नेपालमा पाईने रोगी मध्ये धेरै रोगीहरू  मधेशका जिल्लाहरूमा रहेको अनुमान गरिइएको छ ।
मधेश प्रदेशका केहि जिल्लाहरूमा १० पटकसम्म हात्ती पाईले रोग विरुद्धको औषधि खुवाउँदा पनि रोगीहरू फेला परेको भनाइ छ ।
अभियानको रुपमा  फागुन ११ गतेबाट स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्ती पाईले रोग विरुद्धको तीन प्रकारको औषधि खुवाइन थालिएको छ ।
२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
११ गतेबाट वारा, पर्सा, रौतहट, धनुषा लगायतका जिल्लाका सबै पालिकामा एक साथ तीन प्रकारको औषधि मान्छेको उचाइको आधारमा खुवाउन लागिएको छ । विश्व स्वास्थ्य सङ्गठनले उचाइका आधारमा औषधि खुवाउनका लागि निर्देशन दिइएका छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु