Wednesday, January 22, 2025

रौतहट काठमाण्डौं सम्पर्क मञ्चको भेला सम्पन, ३१सदस्यीय तदर्थ कमिटी गठन

पछिल्लाे समाचार



कठमाण्डौं ८ फागुन ।रौंतहट काठमाण्डौं सम्पर्क मञ्चको भेला आईतबार काठमाण्डौमा सम्पन्न भएको छ ।
भेलाले तदर्थ कमिटीलाई ३१ सदस्यमा विस्तार गर्नुका साथैं ९ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।
रौंतहट जिल्लाबाट काठमाण्डौमा बसोबास गर्ने विभिन्न क्षेत्र र वर्गका व्यक्तिहरुलाई समेटेर ५१ सदस्यीय सम्म कमिटी विस्तार गरेको छ ।
उक्त भेलाले सदस्यता विस्तार र संगठन निर्माणलाई जोड दिएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना आदान प्रदान सहित गरिएको भेलामा सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतले रौंतहट जिल्लाले उत्कृष्ठ संगठनको रुपमा आफूलाई परिचित गराउन संगठन विस्तारलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।
  रौंतहट जिल्लामा देखिएको संगठानात्मक उतार चढावलाई आफूले नजिकबाट निआलिरहेको र जिल्लाको गतिविधिमा आफूले सक्दो सहयोग गर्ने बचनवद्धता समेत संयोजक बस्नेतले व्यक्त गरेका छन ।
कार्यक्रममा मधेश सम्पर्क समितिका अध्यक्ष जाकिर हुसेनले रौंतहट जिल्लाले मधेश प्रदेशमा आफूलाई स्थापित गराउन संगठित सदस्यलाई अगाडि बढाउन सुझाव दिए ।
तदर्थ कमिटीका संयोजक नविन कुमार तुम्सिङको अध्यक्षतामा बसेको बैंठकले आगामी फागुन २० गते फागु पुर्णिमाको अवसरमा शुभकामना आदान प्रदान गर्न रन्जु कुमारी साहको संयोजकत्वमा १५ सदस्य फागुपुर्णिमा आयोजक कमिटी गठन गरेको छ ।
बैठकले मञ्चका पूर्व सहसचिव तथा तदर्थ कमिटी सदस्य दिवस सापकोटा अनेरास्ववियूको केन्द्रीय सदस्यमा चयन भएकोमा बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
भेलाले तदर्थ कमिटीबाट निर्वाचन क्षेत्र अनुसार संयोजक र सहसंयोजक समेत चयनलाई सर्वसम्मत स्वीकृत गरेको छ । जसमा .डा.एमडी एकवाल (संयोजक)  र डा.रंजन राज साह सह संयोजक रहेको स्वास्थ्य विभाग गठन गर्नुका साथै विभिन्न विभागहरु  विस्तार गर्दै लैजाने पनि निर्णय भएको छ ।
नविन कुमार तुम्सिङ चन्द्रपुर  (संयोजक ) सचिवालय सदस्य , खेम कार्की (सह संयोजक) सचिवालय सदस्य,रन्जु कुमारी साह  गरुडा     सचिवालय सदस्य,दिवस सापकोटा सचिवालय सदस्य,गौतम कुमार साह  सचिवालय सदस्य ,भरत प्रसाद खरेल   सचिवालय सदस्य,सुसिल यादव ,गढिमाई सचिवालय सदस्य,.तिर्थ बहादुर थापा सचिवालय सदस्य,लेख बहादुर चौंहान सचिवालय सदस्य ,राजु साह       सदस्य   क्षेत्र नं. १       (संयोजक),संजय साह ,,      क्षेत्र नं. १       सहसंयोजक,संदिव दुब्बे   क्षेत्र नं. १,डा.रंजन राज साह क्षेत्र नं. १ रमेश कुमार राम   क्षेत्र न १ र यसै गरि प्रभु साह     सदस्य       क्षेत्र नं.२  ,  प्रिन्स कुमार पटेल क्षेत्र नं. २    संयोजक ,खुर्सिद आलम    क्षेत्र नं. २     सह संयोजक ,विजय पंडित ,दिपक साह ,.संजित कुमार यादव ,अकलेश राय यादव ,कटरिया ९ , क्षेत्र नं. ३ (संयोजक),.रमेश पटेल ,देवाही गोनाही ६ क्षेत्र नं. ३ सहसंयोजक ,.बीर बहादुर घिसिंङ     क्षेत्र नं. ४,कमल केसी             क्षेत्र नं. ४ ,आकास मोक्तान  क्षेत्र नं. ४ ,.प्रवीन सहनी वृन्दाबन  क्षेत्र नं. ४,राम प्रवेश पटेल गढिमाई  क्षैत्र नं. ४ ,बालकुमारी दर्लामी मगर (महिला),.रश्मि सापकोटा –महिला) क्षेत्र न. १ ,नरेश मगर  क्षेत्र नं. ३ ,डा. मो एकवाल  क्षेत्र नं. २, राजु साह        गौर ७           क्षेत्र नं. १ बाट ५ (संयोजक) संजय साह राजदेवी ४ क्षेत्र नं. १       सहसंयोजक
क्षेत्र नं. २ ,प्रिन्स कुमार पटेल क्षेत्र नं. २    संयोजक
.खुर्सिद आलम   ,  सह संयोजक क्षेत्र नंं ३ ,अकलेश राय यादव कटरिया ९ , क्षेत्र नं. ३ (संयोजक) ,रमेश पटेल देवाही गोनाही ६ क्षेत्र नं. ३ सहसंयोजक ,क्षेत्र नं. ४ ईन्दल साह  गढिमाई संयोजक शंकर चौंधरी सहसंयोजक स्वास्थ्य विभाग , रौंतहट काठमाण्डौं सम्पर्क मञ्चमा.डा.एमडी एकवाल (संयोजक) र डा.रंजन राज साह सह संयोजक रहेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु