रौतहट १९ माघ ।फरार प्रतिवादी पक्राउ गरी अदालत बुझाउने अभियान अन्तर्गत रौतहट मा २० दिनमा प्रहरीले १ सय ६ जना पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत मिति माघ १ गते देखि १९ गते सम्म जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट कैद तथा जरिवाना भएका विभिन्न मुद्दामा फरार रहेका एक सय ६ जना प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा पेश गरेको रौतहटका डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिएका छन ।