Wednesday, January 22, 2025

राजश्रीले भारतियको खाता संचालन गरेको गुनासो

पछिल्लाे समाचार


रौतहट ७ फागुन । गौर स्थित एक वित्तिय संस्थाले गैरकानुनी रुपमा भारतीय नागरिकको नाममा वर्षो देखी खाता सञ्चालन गरेको रहस्य खुलेको छ ।
राजश्री सेविंग्स एण्ड क्रेडिट कोअपरेटिभ सोसाइटी लिमिटेडको शाखा कार्यालय गौरले भारतीय नागरिकको नाममा खाता सञ्चालन गर्दे आएको पाइएको हो ।
नेपाली बचतकर्ताहरुले दैनिक जम्मा गरेको रकम हिनामिना भईरहेको गुनासो बढ्न थालेपछि हिसाब मिलानका लागि सेवाग्रही बैंकमा पुग्दा भारतीय नागरिकको नाममा समेत खाता सञ्चालन भईरहेको तथ्य फेला परेको छ ।
भारतीय नागरिकहरुले पनि आफूले जम्मा गरेको रकम मिलान गर्न बैंक आउन थालेपछि उनीहरुको नामबाट समेत खाता सञ्चालन भएको खुलेको हो ।
बैंकका एक कर्मचारीले का अनुसार भारतबाट दैनिक पाँच लाख रुपैया भन्दा बढी संकलन भएर आउँछ ।’
राजश्री बैंकले सीमावर्ती भारतको बैरगनियामा अहिले करिब पाँच सय भन्दा बढी खाता सञ्चालन छन ।
राजश्री बैंकमा भारतीय नागरिकहरुको खाता सञ्चालनबारे स्थानीय प्रशासन तथा सरकारी निकायले छानबिन गरी कारबाही गर्नुपर्ने स्थानीय बताउँछन् ।
राजश्री सेविंग्स एण्ड क्रेडिट कोअपरेटिभ सोसाइटी लिमिटेड शाखा कार्यालय गौरका प्रमुख कृष्ण चन्द्र दाहालसँग सम्पर्क गर्न खोज्दा हुन सकेन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु