राैतहट २७ माघ । राजदेवी नगरपालिका वडा नम्बर ९ स्थित श्री माध्यमिक विद्यालय ब्रह्मपुरी राजदेवी न पा ९ राैतहटमा छात्राछात्र बिच विभिन्न प्रतियाेगिता सुरू भएकाे छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीमा प्रतिस्पर्धात्मक क्षमताकाे विकास गर्ने उद्देश्यसहित विद्यालयमा कबड्डी,हाजिरीजवाफ र शब्द निर्माण प्रतियाेगिता सुरू भएकाे छ ।
” विद्यार्थीकाे शैक्षिक विकासमा हाम्रो सहभागीता” नारा सहित विद्यालयका प्रधानाध्यापक दिपेन्द्र श्रीवास्तव तथा उहाँकी श्रीमती सरीता कुमारीकाे सहयोगमा ” दिपेन्द्र सरीता श्रीवास्तव क्रियटिभ कम्पिडिसन सुरू भएकाे हाे ।
विद्यार्थीकाे पढाइमा कुनै बाधा नपर्ने गरि अतिरिक्त समयमा गरिने साे प्रतियाेगिताले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावनाकाे विकास गर्ने विद्यालयका सूचना अधिकारी राम विश्वास मुखियाले जानकारी दिए ।
प्रतियाेगितामा विद्यालयमा गठित मधेस , बाग्मती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम सदनका सहभागिता रहेकाे छ ।
प्रतियाेगिताकाे उद्घाटन कार्यक्रममा शिक्षा मन्त्रालयका पूर्वसहसचिव सुशील पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीकाे शैक्षिक,शारीरिक र मानसिक विकाससँगै चाैतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
प्रतियाेगितामा बिजयी हुने समूह र विद्यार्थीलाई कप,मेडल र प्रमाणपत्र दिइने रेफ्री नन्दकिशोर पंडितले जानकारी दिए ।
प्रतियाेगिता अन्तर्गत शुक्रवार भएकाे खेलमा छात्रतर्फ लुम्बिनी प्रदेश र छात्रातर्फ गण्डकी प्रदेश ले जित निकालेका छन ।