Wednesday, January 22, 2025

मेला महोत्सवको नाम मा करोडौ खर्च

पछिल्लाे समाचार

गौर ७ फागुन। मौलापुर नगरपालिकाले हरेक बर्ष मेला महोत्सवको नाममा करोडौ खर्च गर्ने गरेको लेखापरीक्षकको प्रतिवेदनबाट देखिएको छ ।
नगरपालिकाले आयोजना गर्ने मधानी महोत्सवमा करोडी खर्चेर भारतीय भोजपुरी कलाकारहरुलाई ल्याउने कार्यको स्थानीय बुद्धिजिवीहरुले विरोध गरिरहेका छन् ।
मधानी महोत्सव लगाएत अन्य खर्च मध्ये लेखापरीक्षण प्रतिवेदनमा ५१ करोड बढी बेरुजु देखाइएको छ।
आर्थिक नियम विपरीत गरिएको सो खर्चलाई लेखा परीक्षणमा बेरुजु देखाएको हो ।
महोत्सवमा अश्लिल भोजपुरी गीतमा नाच्ने, दर्शकहरुको अव्यवस्थित उपस्थितिले हरेक वर्ष भै-झगडा समेत हुने गरेको स्थानिय बताउछन ।
मौलापुरमा मधानी स्थानलाई पुरातात्विक र संस्कृतिक महत्वको रुपमा हेर्नू पर्ने धेरैको भनाई छ ।

मधानी महोत्सवको आयोजना गर्नु राम्रो भए पनि त्यसमा हुने भोजपुरी नाचगानको खर्चअस्वभाविक रहेको मौलापुर नगरपालिका-३ का दिनेश साह बताउछन ।
महोत्सवको नाममा नगरपालिकाले लाखौ रकम अनियमितता गरेको धेरैको गुनासो छ ।
स्थानिय कला सस्कृतीको प्रवर्धन भन्दापनि लाखौ खर्चेर भारतीय भोजपुरी कलाकारहरु ल्याएर नाचगान गराइएको छ ।
देशका अतिविशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरी महोत्सवको उद्घाटन गराएर आर्थिक अनियमितताको ढाकछोप गर्ने गरिएको मौलापुरका केही अगुवाहरुको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु