चन्द्रपुर १५ फागुन । मिसन ग्रासरुट कार्यक्रम अन्र्तरगत रौतहटको चन्द्रपुर नगरपालिकाको १० वटै वाडहरुमा भेला आयोजना गरिने भएको छ ।
सोमबार नेकपा एमाले चन्द्रपुर नगर कमिटिको आयोजनामा मिसन ग्रासरुट अन्र्तरगत नगर कमिटिको बिस्तारीत बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोतम पौडेलले नेकपा एमाले अब तल्लो कमिटिमा पुगेर समस्याको पहिचान गरी समाधान गरेर मात्रै अगाडी बढने बताएका छन ।
नेकपा एमाले पार्टी जनताको हरदम सुखदुखमा रहने पार्टी भएको कारण पनि तल्लो तहका कार्यर्ताहरुलाइ भेटेर उनीहरुको सल्लाह अनुसार नै अगाडी बढने नेता पौडेलले बताए ।
उक्त बिस्तारीत बैठक तथा अभिमुखीकरण कार्यक्रमकी बिशिष्ठ अतिथि तथा नेकपा एमालेकी केन्द्रिय सदस्य मन्जु थापा मगरले नेकपा एमाले पार्टीले तल्लो तहबाट नै ब्यापक रुपमा सुदृढिकरण अभियान चलाएको बताएकी छिन ।
उक्त कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा रौतहट क्षेत्र नं. ४ का संयोजक प्रेम शंकर यादब,प्रदेश कमिटि सदस्य बिर बहादुर गोले लगायतले रौतहटमा पार्टीको अबस्था बारे बोलेका थिए ।
यसैबिच सो बैठकले नेकपा एमाले चन्द्रपुर नगर कमिटि अन्र्तरगत १० वटा वाड कमिटिहरुको बैठक तथा भेला राख्ने निर्णय गरेको नगर कमिटि अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन ।
वाड नं. १ मा फागुण १९ गते,वाड नं. २ मा फागुण २८ गते,वाड नं. ३ मा फागुण २७ गते,वाड नंं ४ मा फागुण २० गते,वाड नंं ५ मा फागुण २१ गते,वाड नंं. ६ मा फागुण २५ गते,वाड नं. ७ मा फागुण २६ गते,वाड न.ं ८ मा फागुण २८ गते,वाड नं. ९ मा फागुण २९ गते र वाड नं. १०मा फागुण ३० गते वाड स्तरीय बैठक तथा भेला हुने भएको छ ।
नेकपा एमाले चन्द्रपुर नगरकमिटिका अध्यक्ष शिव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कमिटीका पदाधिकारीहरु,वडा कमिटीका पदाधिकारीहरु नगर भन्दा माथिल्लो कमिटीका पदाधिकारीहरु, जन संगठनका नगर कमिटी का पदाधिकारी ,वडा कमिटी अध्यक्ष ,जिल्ला कमिटी वा सो भन्दा माथिल्लो कमिटिका सदस्य तथा पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधि तथा वडा अध्यक्ष र सदस्य का प्रत्यासि हरु, पुर्व जनप्रतिनिधिहरु ,सल्लाहकार तथा पुर्व जिल्ला एवं क्षेत्रिय कमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।
पार्टीका नगरकमिटि सदस्य चिरन्जीबी गौतमको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका नगर उपाध्यक्ष राजेन्द्र तिवारीले स्वागत मन्तब्य राखेका थिए ।
यसैबिच नेकपा एमालेको २३ औ जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपालको रौतहट भेला यही फागुण २७ गते हुने भएको छ ।
रिटर्नी फेडेरेसनका स्थायी कमिटि सदस्य तथा रौतहट इन्चार्ज खेम कार्कीले विभिन्न देशबाट फर्केकाहरुले फागुन २० गते हुने पालिका अधिवेशन र फागुण २७ गते जिल्ला अधिवेशन हुने जानकारी दिएका छन ।