Wednesday, January 22, 2025

मल,बीउ नपाएपछि आलुखेती गर्ने किसान घट्दै

पछिल्लाे समाचार



चन्द्रपुर २७ माघ ।  आलु खेती गर्ने किसानहरु यो बर्ष रौतहटमा घटेका छन् । आलुखेतीका लागि यस वर्ष मौसम अनुकूल भएपनि रौतहटका किसानहरूले लागत अनुसारको आम्दानी नहुने गरेको भन्दै आलु खेती गर्न छाडेका हुन् ।
रौतहटमा गत वर्षको तुलनामा यसवर्ष आलुखेती कम भएको बताइएको छ ।
जिल्लाको वृन्दावन नगरपालिका -१ बलरीका किसान अर्जुन राउतले आलुखेतीका लागि बिउ महगोमा खरीद गरेको बताए।  नेपाली आलुको बीउ स्थानीय पालिकाले उपलब्ध नगराएको कारण भारतबाट खरीद गरेर ल्याएकोमा कमसल बीउ परेको किसानको गुनासो छ ।
आलुखेतीको लागि यो वर्ष समय अनुकूल रहेको तर बीउको कारण उत्पादन सोचे अनुसार नभएको किसान बताउछन ।
  पालिकाहरुमा कृषि गाभिएपछि कृषि विकास कार्यालय प्रदेशमा गाभिएर कृषि ज्ञान केन्द्र भएको छ । केन्द्रले किसान लक्षित कार्यक्रमहरू प्रभावकारी रुपमा नल्याएको किसानको गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु