Saturday, January 25, 2025

बिपद मा जोगिन “डेमो” प्रदर्शन

पछिल्लाे समाचार


रौतहट, १६ फागुन । दुर्गाभगवती गाउँपालिका स्थित सरस्वती उच्च माध्यमिक विद्यालयको चौरमा आकस्मिक विपदबाट कसरी जोगिने बिषयमा डेमो प्रदर्शन गरिएको छ ।
पिपरा भलोहियाको चौरमा प्रहरी प्रशासन, सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआजी, सशस्त्र प्रहरीको पूर्व आईजी, गाउँपालिका प्रमुख शम्भु सिंह लगायत स्थानीय जनप्रतिनिधिको उपस्थितिमा आकस्मिक रुपमा आइपर्ने विपदबाट कसरी जोगिन सकिन्छ भन्ने बिषयमा मंगलवार पालिका स्तरिय कृत्रिम घटना अभ्यास कार्यक्रम (डेमो) प्रदर्शन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आधीवेहरीको समय आउन लाग्दा हुने आगलागि तथा प्राकृतिक विपदा भुकम्पबाट जोगिने उद्देश्यबाट गरिएको यस्ता खालको जनचेतना अभियानबाट सर्वसाधारणलाई ठूलो मद्दत एवं प्रेरणा पुग्ने बताए ।
जिल्ला विपद व्यवस्थापन समिति र पालिका स्तरिय विपद व्यवस्थापन समिति मिलेर प्राकृतिक विपदबाट जोगिन विभिन्न जनचेतना मुलुक अभियान चलाई सर्वसाधारणलाई जागरुक बनाउनु पर्ने आवश्यक्ता रहेको प्रजिअ मिश्रले बताए ।


सो कार्यक्रममा सशस्त्र प्रहरीका पूर्व आइजी सनतबहादुर बस्नेतले फागुन चैत महिनामा चल्ने हावाहुरी, बर्षायाममा आउने बाढी र भुकम्प जस्ता विपदबाट जोगिन सवैलाई जागरुक गराउनु आवश्यक भएको हुँदा यस यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखेका छन ।


गाउँपालिका प्रमुख शम्भु सिंहको अध्यक्षतामा सम्पन्न उक्त डेमो कार्यक्रममा सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगर, दुर्गा भगवती गाउँपालिकाको उपप्रमुख शिला देवी, वडाध्यक्षहरु सुरेश चौधरी, धर्मेन्द्रकुमार झा (डिके), सशस्त्र प्रहरीका एसपी माधव घिमिरे सहित विभिन्न निकायका प्रमुख एवं प्रतिनिधिहरु, संचारकर्मीहरु, रेडक्रसको प्रतिनिधि ,नागरिक समाज , स्थानीयहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु