Thursday, January 23, 2025

बाढीपिडित लाई बनाएको घर बिक्री

पछिल्लाे समाचार


रौतहट ६ फागुन ।  चन्द्रपुर नगरपालिका–१ स्थित मंगलपुरमा बाढीपीडितका लागी सरकारले बनाइदिएको घर पिडितहरुले बेच्न थालेका छन ।

जीवनयापन असहज भएको भन्दै  विस्थापित भएका उनीहरू घर बेचेर हिड्न थालेका छन ।
काम केही नभएपछिको पैसाको अभाव भएपछि भोज सहनीले स्थानीय होमबहादुर वाइबालाई २ लाखमा घर बेचेकाे बताएका छन ।

सरकारले घर बनाइदिए पनि रोजगारी नदिएको को ले परिवार पाल्न नसकेकाले बेच्नु परेको सहनीले बताए ।

बिस २०५० सालमा वागमती नदीमा आएको बाढीले तात्कालिन गढौ  गाबिस का  करिब ५ सय घर बगायो ।

घर बगाएपछि बिचल्ली भएकाहरुलाइ चीन  सरकारको चुची फाउन्डेसनले अहिलेको चन्द्रपुर–१ स्थित मंगलपुरमा ३ सय परिवारलाई बसोबास हुने गरी पक्की घर बनाइएको थियो ।

उनीहरूलाई १२ धुर जग्गासमेत दिइएके छ । २ दशक बढी समय त्यही बिताउँदै आएका बाढीपीडितले पछिल्लो समय धमाधम घर बेचेर हिँड्न थालेका छन् ।

बाढी पीडितलाई दिएको ३० भन्दा बढी घर बिक्री भएपछि त्यहाँ पुरानो घर भत्काएर ठूला पक्की घर बन्न थालेको स्थानिय बताउछन ।

दाताले सहयोग गरेको घर आर्थिक अवस्थाको कारण देखाउँदै विस्थापितले ३ लाखसम्ममा  बेचेर हिँडेको पाइएको छ ।

रोजगारीको कारण देखाउँदै बाढीपीडित हरेश्वर सहनीले गत वर्ष १८ हजारमै स्थानीय भिखारी देवीलाई घर बेचेर हिँडेको बताउछन ।

चन्द्रपुर वडा नम्बर १ का अध्यक्ष बलराम राउतले धेरैजसो बाढीपीडितले घर बेचेर हिँडेको सुनाउछन ।

खान लगाउन समस्या भएपछि घर बेचेर पुरानै गाउँतिर धेरै परिवार फर्केका छन वडाध्यक्ष राउत ले भने।

बाढीपीडित लाई दिएको घरजग्गाको लालपुर्जा छैन ।खरिद गर्नेहरूले दोब्बरको कागज बनाएर  किन्ने गरेका छन ।

वागमती नदीको किनारमा गिट्टीढुंगा संकलन गरेर, माछा मार्ने काम गरेे धेरै परिवारले पेट पाल्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु