Thursday, January 23, 2025

बन कार्यालय र संचारकर्मी बिच अन्तरकृया

पछिल्लाे समाचार


रौतहट ११ फागुन ।–डिभिजन वन कार्यालय रौतहटले संचारकर्मिहरु संग अन्तरक्रिया कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।
डिभिजन बन कार्यालय अन्तर्गत उत्पादित वन पैदावार जिल्लाका सर्बसाधारणहरुलाई सहजढंगले उपल्व्ध गराउने उदेश्यले जिल्लाका  संचारकर्मिहरुसंग समन्वय गर्दै अन्तरक्रिया गरेको हो ।
कार्यक्रमका अवसरमा जिल्ला भित्रका स्थानियहरुलाई धार्मिक,सास्कृतिक तथा पुरातात्विक महत्व र सम्पदाको निमार्ण तथा संरक्षण,बिपदमा परेका परिवार,शवदाह संस्कार कार्य प्रयोजन,जनसहभागितामा गरिने बिकास निमार्ण,कृषि औजार,घरकाज निमार्ण कार्य र वन पैदावारमा आधारित उद्योग संचालन लगायतका क्षेत्रमा सहजरुपमा काठ दाउरा निवेदनका आधारमा उपलब्ध गराइने डिभिजन वन कार्यालयका प्रमुख सुनिल कुमार कर्णले बताएका छन ।
डीएफओ कर्ण का अनुसार साल प्रजातिको काठ ए,बी,सी,डि क्रमस १८ सय ५१ रुपैया ,१३ सय ४२ रुपैया ,१ हजार ३ रुपैया र पाच साय ७९ रुपैया कर समेत पर्नेछ ।
कार्यक्रममा संचारकर्मीहरुले नागरीकले सहजरुपमा काठ दाउरा पाउने गरि बितरण गर्न बन कार्यालय लाई सुझाव दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु