Wednesday, January 22, 2025

बन अधिकृत साह बन संरक्षणमा सकृय

पछिल्लाे समाचार



रौतहट २९ माघ । डिभिजन बन कार्यालय रौतहटको मातहतका विभिन्न पोस्टमा काम गरेका राजेश कुमार साह  सप्तरीमा पनि चर्चामा छन ।
उनी डिभिजन बन कार्यालय रौतहट बाट २ महिना अघिमात्र सरुवा भएर सप्तरी गएका हुन ।
पछिल्लो पटक सप्तरी स्थित बन गस्तिटोलिले एकथान अबैध भरुवा बन्दुक सहित ४ जना सिकारीलाई पक्राउ गरेको छ।
कंचनपुर सब डिभिजन बन कार्यालयका सहायक प्रमुख राजेश कुमार साहको कमान्डमा गएको बन गस्ती टोलिले  भरुवा बन्दुक सहित चारजना सिकारी लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कंचनपुर नगरपालिका १२ का २६ बर्षिय भोला श्रेष्ठ ,सोही ठाउँमा ३६ का प्रकाश श्रेष्ठ ,३१ का दुर्गा नारायण श्रेष्ठ र उदयपुर त्रीयुगा नगरपालिका १० का २८ बर्षिय प्रहलाद राई रहेको अधिकृत साहले बताएका छन ।
सहायक बन अधिकृत राजेश साहले पक्राउ परेका चारैजनालाई भरुवा बन्दुक तथा बरामद अन्य सामान सहित  कार्वाही को लागि ईलाका प्रहरी कार्यालय कंचनपुरमा बुझाईएको बन कार्यालयले जनाएको छ।
सहायक अधिकृत साहकै नेतृत्वको गस्ती टोलिले समातेको ९ जना काठ तस्कर माथि बन मुदा सप्तरि जिल्ला अदलतमा दायर भएको छ ।
चोंचा सब डिभिजन बन ,धन्सार सब डिभिजन तथा डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा साहयक बन अधिकृतको रुपमा काम गरीसकेका छन ।
रौतहट रहदा साहयक बन अधिकृत राजेश साहको कमान्डको टोलिले पटकपटक गरि ६ सय ५० क्युफिट सालको काठ,१ थान ट्याक्टर ,१ थान पिकअप भ्यान,७ थान मोटरसाइकल तथा तस्करीमा प्रयोग भएको सैयौं साईकल बरामद गरेको थियो ।
सो अवधिमा ३८ जना तस्कर पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु