चन्द्रपुर ३ फागुन । चन्द्रपुर ६ मा बाटो फराकिलो बनाउने काम शुरु भएको छ ।
जनज्योती क्याम्पस चोक देखि डाबरी जाने बाटोमा बाटो नाला निर्माण गरि फराकिलो पार्न थालिएको हो ।
अतिक्रमण गरि घर टहरा निर्माण गरिएको र पटक पटक खाली गर्न , अतिक्रमित संरचना हटाउन सुचना दिएपनि अटेर गरेकाले डोजर लगाएर हटाउन शुरु गरेको चन्द्रपुर ६ का वडा अध्यक्ष सहदेव केसीले बताएका छन ।