Wednesday, January 22, 2025

पुल बनाउन माग गर्दै अनशन

पछिल्लाे समाचार


21:21 “”

राैतहट १ फागुन/ अलपत्र पुल यथासिघ्र निर्माण गर्न माग गर्दै सोमबारबाट एक सन्चारकर्मी अनसन बसेका छन।
रौतहटको गौर – टिकुलिया लालबकैया नदिमा पप्पु कन्ट्रक्सनले अलपत्र परेको लालबकैयाको पुललाई यथाशिघ्र निर्माणका लागि नेपाल पत्रकमर महासंघ रौतहटका सहसचिव संजय सहनी सोमबार ७ बेलुकीबाट आमरण अनसन बसेका छन ।
अनसन बसेका सहनीले आफ्नो अभियानलाई सकारात्मक सोचका साथ हेरि दिन र निस्वार्थ ढंगले सहयोग गर्न समेत अनुरोध गरेका छन ।
आमरण अनसन बसेका सहनीले  प्रधानमन्त्री, पुर्व प्रधानमन्त्री मन्त्री, सभामुख, पुर्व मन्त्री, मुख्य मन्त्री, सभामुख, संसद, पूर्व सांसद, स्थानीय तह प्रमुख एवं सरोकारवाला सम्पुर्णमा पुल निर्माणका लागि सहयोग गर्न आग्रह गरेका छन ।
रौतहटको ईशनाथ र गौर नगरपालिका जोड्ने पुल सम्झौता गरेको १० बर्स पुग्न लाग्दा  निर्माण सम्पन्न नभई अलपत्र छ ।
अनसन बसेका सहनीले नेपाल सरकार समक्ष पुल अलपत्र हुनु कारण के होला हामीलाई बुझाई दिनु होला । यसको दोसि को हो ? निर्माणकाे जिम्मा लिएर पुलमा गुणस्तर हिन सामाग्री प्रयोग गरि अलपत्र पारी भाग्ने पप्पु कन्स्ट्रक्सन कि सरकार ? यदि सरकार दोसि होइन भने लापरबाही गर्ने  कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सरकारबाट संरक्षण किन ? ठेकेदार लाइ जेलमा कोच्नुको सट्टा  मालिक हरिनारायण रौनियारलाई सांसद पद दिएर दर्जनों ठेक्का दिएर मान सम्मान किन ? देशभरको सबै ठेक्का रद्द गर्न किन आनाकानी ? जस्ता प्रश्नहरु गरेका छन ।
सो पुलको पप्पु कन्ट्रकसनले २०७१ सालमा सम्झौता गर्दा २०७४ माघ २९ मा काम सम्पन्न गर्ने  सम्झौता थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर-औरैया जोड्ने लालबकैया नदीमा २ सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो ।
लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर ३ वर्षभित्र निर्माण काम पूरा गर्ने पप्पु कन्स्ट्रक्सनले जनाएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु