रौतहट २३ माघ । वागमती नदी पारी ३ सय भन्दा बढीको घर नदि पारी सर्लाही तर्फ छ । नदि वारपार गर्न एक मात्र बिकल्प काठको डुङ्गा को भर पर्नु पर्छ ।
रौतहटको दुर्गाभगवती गाउँपालिका–५ स्थित बडहर्वा टोलवासीले यस्तो समस्या झेल्दै आएको दशको भैसकेको छ ।
वागमती नदिमा २०५० सालमा आएको बाढीले बडहर्वाका अधिकाशको घर र सयौ बिगाह खेत कटान गर्यो ।
बागमती पारी सर्लाही तर्फ खेत भएकी शकुन्तला साहको पनि नदिपारि ७ कट्ठा खेत छ । बालीको रेखदेख गर्न साह दिनहुँजसो नदि पारि डुङ्गा चढेर जान्छिन ।
खेत पारी हुने करीव १ सय स्थानीय डुंगाकै सहायतामा आउजाउ गर्छन ।
बडहर्वाका स्थानीयको दबाब र चुनावमा भोट माग्न आउने सग पुलको माग राखेपछि पछि त्यहाँ पुल बनाउन प्रयास शुरु भएको छ
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा २०६७ सालमा बडहर्वा पुल निर्माण शुरु भएको थियो ।पुल निर्माणकै क्रममा नदीले धार बदलेपछि पुलको काम १२ वर्षदेखि अलपत्र छ ।
रोकिएको काम अहिले नयाँ ठेक्काबाट काम सुरु गरेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।
सम्झौता अनुसार पुल को काम शुरु भए स्थानीयलाई धेरै सहजहुने दुर्गा भगवती गाउपालिका अध्यक्ष शम्भु सिंहले बताए ।
रौतहतको बतसपुर, बडहर्वा, राजदेवीलगायतका स्थानीय डुंगा चढेर वारि पारी खेतमा काम गर्न जान्छन् ।
डुंगामा यात्रा गर्दा निकै जोखिम हुने स्थानीय सुखल साहले बताउछन । उनले भने “पारि जाने अरू साधन छैन,’ डुंगाको यात्रा जोखिम हुन्छ “/
पहिले लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख रुपैयाँमा वाग्मती पुलको ठेक्का सकार गरेको थियो । लुम्बिनीले २०६७ जेठ ३१ मा सम्झौता गर्दै २०७० जेठ ३० मा पुलको निर्माण गर्ने समयसीमा पाएको थियो । पुलको लम्बाइ ६ सय ३४ मिटर र चौडाइ डबल लेनको छ । ठेकेदारले १७ वटै स्पानको काम सकेको छ । त्यसैबेला नदी सर्लाहीतिरबाट बग्न थालेपछि पुलको औचित्य नरहने भन्दै निर्देशनालयले तत्कालै काम बन्द गरेको थियो ।
हुलाकी राजमार्ग निर्देशनालयका महानिर्देशक धर्मेन्द्र झाले पुरानो ठेक्का रद्द गरी नयाँ लगाएर काम सुरु गरेको बताए । उनका अनुसार २२ सय ४१ मिटर लम्बाइ नदी नियन्त्रणको कामसहित पुल निर्माणका लागि महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का सकारेको छ । निर्माण कम्पनीले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ मा सम्झौता गरेको हो ।