रौतहट ६ फागुन /नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।
नेकपा एमाले मधेश प्रदेश कमिटीको सचिवालय बैठकले शनिवार जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तोकेको हो ।
एमालेले जिल्ला अधिवेशन हुन बाँकी जिल्लाहरु महोत्तरी, पर्सा, रौतहतको जिल्ला अधिवेशन गर्ने मिति तय गरेको हो ।
महोत्तरी जिल्ला अधिवेशन गर्न फाल्गुन १४ र १५ गते पर्सा जिल्ला अधिवेशनको लागि १७ र १८ तथा रौतहट जिल्लाको अधिवेशनको लागि २० र २१ गतेको मिती तय गरिएको मधेश प्रदेश अध्यक्ष रामअवतार चौधरीले जानकारी दिए ।
जिल्ला अधिबेशन सकिएपछि बैशाख २९ र ३० गते प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको नेकपा एमाले मधेश प्रदेश कमिटीले जानकारी दिएको छ ।
बैठकमा प्रदेश अध्यक्ष राम औतार यादव, मधेश प्रदेश ईन्चार्ज रघुबिर महासेठ, सह ईन्चार्ज पुरुषोत्तम पौडेल, एमाले नेताहरु सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषिमन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली लगायत सहभागी थिए ।