रौतहट १० फागुन ।नेकपा एमालेले जिल्ला कार्य समिति रौतहटको समिति पुर्नगठन गरेको छ ।
मंगलबार रौतहटको गरुडामा रहेको तुल्सीलाल अमात्य स्मृती प्रतिष्ठान भवनमा आयोजित कार्यक्रममा पुर्नगठित समितिका ५५ जना सदस्यलाइ सपथ ग्रहण गराइएको छ।
समितिको संयोजकमा सचितानन्द साह रहेका छन । समितिको सदस्यमा दिपक यादब,बाल बिक्रम कार्की,,कोपिला तिमलसिना,जगरनाथ अधिकारी,टिका घिमिरे,लोकनाथ पहाडी,झरना आचार्य लगायत ५५ जना रहेका छन ।
नवगठित रौतहट जिल्ला अधिवेशन आयोजक कमिटिका संयोजक तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि पुरुषोतम पौडेलले गराएका थिए ।
कटहरिया अधिबेशनबाट जिल्ला कार्य समितिमा चयन भएका मध्य एमाले मै बसेकाहरुलाइ अहिलेको समितिमा राखिएको समितिका सदस्य बाल बिक्रम कार्कीले जानकारी दिए । रौतहटको जिल्ला अधिबेशन बैशाखको २१ गते हुने भएको छ । कटहरिया अधिबेशनबाट अध्यक्षमा चुनिएका त्रिभुवन साह लगायतका ब्यक्तीहरु प्रभु साहको आम जनता पार्टीमा गएका थिए ।