Wednesday, January 22, 2025

नहरको डिलमा घर टहरा !

पछिल्लाे समाचार

रौतहट २४ माघ । बागमती नहरको दायाँबायाँ स्थानीयले घर टहरा जस्ता संरचना निर्माण गरेका छन् ।
स्थानीयले नहरछेउमा घर टहरा र गोठ बनाएर बस्दै आएका छन ।
संरचना हटाउन बागमती सिँचाइ परियोजनाले पटकपटक सूचना जारी गरे पनि हटाउन सकेको छैन ।
सिचाइको पूर्वपश्चिम मूल नहरको चन्द्रपुर-५ स्थित चाँदी नदिदेखि चन्द्रपुर-६ बेल्डी गाउँसम्म झण्डै ३ किलोमिटर दायाँबायाँ नहर अतिक्रमण गरी घर ,टहरा बनाएर मानिस बसेका छन ।
नहर अतिक्रमण गरि खेती समेत गर्दा नहरको सरसफाइ र मर्मतमा समस्या भएको परियोजनाले जनाउदै आएको छ । नहरको डिलमामा बस्दै आएका सन्जु दासले बस्ने ठाउँ कहिकतै नभएपछि बाध्य भई छाप्रो बनाएर नहरको डिलमा बसेको बताए । उनी ६ वर्षदेखि बस्दै आएका छन् ।
पूर्वी तथा पश्चिमी मूलनहर, शाखा, प्रशाखा नहरको रेखांकन तथा जग्गाभित्र बनाइएका स्थायी, अस्थायी घर टहरालगायत संरचना हटाउन पटकपटक सूचना जारी गरेको परियोजनाका डीई विजयकुमार रेग्मीले बताए।
‘नहर अतिक्रमण हटाउन सक्नेअवस्था छैन,स्थानीय तहबाट सहयोग नभएसम्म नहर कब्जा गरेर बसेकालाई हटाउन नसक्ने परियोजनाको भनाइ छ ।
सिचाइ आयोजनाको रौतहटको दक्षिणी भेगका किसानलाई सिँचाइ सुविधा पुयाउन तीन दशकअघि नहर निर्माण गरेको हो । बाग्मती नदीमा पानी थप गर्ने उद्देश्यले राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको काम अघि बढिरहेको बेला नहरलाई नै अस्तव्यस्त हुने गरी संरचना बनाइएकोले हटाउन ताकेता गर्दै आएको परियोजनाको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु