Wednesday, January 22, 2025

दुधको मूल्य बढाउन माग

पछिल्लाे समाचार



रौतहट, २८  माघ / रौतहट दुग्ध उत्पादक सहकारी संघले दूधको मूल्य बढाउन माग गरेको छ।
रौतहट दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गरेर किसानले दूधको उचित मूल्य नपाएकोले दूधको मूल्य  बढाउन माग गरेका छन।
वैदेशिक रोजगार बाट फर्केका युवा पनि पछिल्लो समय दुग्ध उत्पादनमा लागेर व्यावसायिक पशुपालन गरी दुग्ध उत्पादन क्षेत्रमा अघि बढिरहेको अवस्थामा यस पेशाप्रति आकर्षित गराई देशलाई दूधमा आत्मनिर्भर बनाउनु पर्ने अधिकारीको भनाइ छ ।
फागुन १ गते सम्म दूधको मूल्य वृद्धि गर्न अल्टिमेटम दिँदै उक्त समयसीमामा मूल्य नबढाए डेरी उद्योगीहरुको समन्वयमा संयुक्त घोषणा गरी दूधको मूल्य वृद्धि गर्ने उनले बताए ।
पशुपालन व्यवसायबाट युवालाइ पलायन हुने अवस्थाबाट बचाई पशुपालनमा आकर्षित गर्न पनि  दुधको मूल्य वृद्धि गर्न अपरिहार्य भएको उनको धारणा छ ।
जिल्ला दुग्ध सहकारी संघ संस्थाहरुले दूधको मूल्य वृद्धि गर्न जिल्लामा रहेका कृषकहरुको सहभागितामा माघ २७ गते पत्रकार सम्मेलन गरेको छ ।
कार्यक्रममा रौतहटका विभिन्न दुग्ध उत्पादन सहकारी संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो। रौतहटमा हालसम्म ४६ वटा सहकारीले दुग्ध उत्पादन सम्बन्धी काम गर्दै आएका छन् भने जिल्लामा दैनिक ३२ हजार लिटरभन्दा बढी दूध उत्पादन भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु