Thursday, January 23, 2025

डेढ बर्ष भित्र पुल निर्माण गर्ने सहमती पछि सहनीले तोडे अनसन

पछिल्लाे समाचार

रौतहट ५ फागुन । चार दिनदेखि पुल निर्माणको माग राख्दै आमरण अनशनमा बसेका सञ्जय सहनीले अनसन तोडेका छन ।
बिहिवार साझ नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुस खुवाएर अनशन तोडाएका छन् । सडक विभागले डेढ वर्षमा पुल निमार्ण गर्ने लिखित सहमति जनाएपछि पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अनशनकर्ता सहनीलाई जुस खुवाएर अनशन तोड्न लगाएका हुन् ।
गौर नगरपालिका ४ स्थित लालबकैया नदीमा गौर र इशनाथ नगरपालिका जोड्ने पक्की पुलको ठेक्का सकार गरी विगत ९ वर्ष देखि काम अलपत्र छाडेको भन्दै तत्काल निमार्णको माग राख्दै सहनी अनशनमा बसेका थिए ।
सहनीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि सडक विभागको टोली सहित पुर्वप्रधानमन्त्री नेपाल अनशन स्थलमा पुगेका थिए ।
संघीय सडक विभागका प्रमुख डा. विजय जय सिंहले निमार्ण व्यवसायीलाई कारबाही प्रकृया अघि बढाउने तथा पुन ठेक्का लगाएर डेढ वर्ष भित्र पुलको निमार्ण सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ ।
चैत्र महिना भित्र टेण्डर लगाएर जेठ महिना भित्र आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्ने प्रमुख सिंहले बताए ।
प्रमुख सिंहले असोज कात्तिक देखि निमार्ण काम सुरु गरेर आउँदो आर्थिक वर्षको अन्त्यसम्म निमार्ण सम्पन्न हुने प्रतिबद्धता जनाएका छन ।
पुल महाशाखाका उमेश विन्दु श्रेष्ठले चैत्र महिना भित्रसम्ममा कार्यालयको आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी टेण्डर आह्वान गरेर ठेक्का लगाईसक्ने बताए ।
गुणस्तरहीन निमार्ण भएको स्थानमा पुन तोडेर नयाँ निमार्ण गर्ने तथा अलपत्र अवस्थामा छाडेर फरार भएका निमार्ण व्यवसायीलाई कडा कारबाही गरी जरिवाना असुल उपर गर्ने श्रेष्ठले बताए ।
अनशनकर्ता र विभागको टोलीबीच लिखित सहमती भएपछि रौतहट क्षेत्र नम्बर एकका प्रतिनिधी सभा सदस्य तथा पूर्व प्रधानमन्त्री नेपालले सहनीलाई जुस खुवाएर अनशन तोड्न लगाएका थिए ।
पुर्वप्रधानमन्त्री नेपालले आन्दोलनरत सहनीको माँग पुरा गराउन आफु हरसम्भव प्रयास गर्ने बताउँदै डेढ वर्ष भित्र पुलको निमार्ण सम्पन्न गर्ने लिखित सहमतिको आफु स्वयम साक्षी रहेको बताए । रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य तथा नेकपा एमालेका नेता किरण साहले रौतहट क्षेत्र नम्बर एक र दुईको सीमा लालबकैया नदीको पुललाई गुणस्तरीय र चाडै निमार्ण गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु