रौतहट २७ माघ । स्ववियु निर्वाचन हुने रौतहटको एक मात्र जनज्योती बहुमुखी क्याम्पसमा चुनावी चहल पहल सुरु भएको छ ।
यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएपछि क्याम्पसहरूमा चहलपहल बढेको छ। हरेक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुने लागेको हो ।
निर्वाचन बिथोलिए वा कुनै कारणवश स्थगित भए त्यसको ३० दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने अग्रिम निर्णय छ । त्रिभुवन विश्वविद्यालयले उपत्यकाका २१ र उपत्यकाबाहिरका ३९ वटा क्याम्पस प्रमुखसँग छुट्टाछुट्टै छलफल गरी सो निर्णय गरेको हो । चैत ५ गते निर्वाचन गराउन नसके त्यसको ३० दिनभित्र अर्थात् वैशाख ५ गतेसम्म निर्वाचन गर्नुपर्ने बाध्यकारी व्यवस्था संगै रौतहटको चन्द्रनिगाहपुरमा रहेको जनज्योती बहुमुखी क्याम्पसमा चुनावको चहलपहल बढेको छ ।