Wednesday, January 22, 2025

चुडिएका , लत्रिएका तार ले जोखिम , इन्टरनेट,केवल नेटवर्कको मनोमानी

पछिल्लाे समाचार

रौतहट ८ फागुन / अब्यवस्थित केवल,इन्टरनेटका तारले चन्द्रपुरका मुख्य बजारको शौदर्य हराउदै गएको र आगलागीको जोखिम बढेको स्थानियको भनाइ छ ।
इन्टरनेट सेवाप्रदायक कम्पनिले प्रतिबक्स ६ सयका दरले बिधुत प्राधिकरणलाई भाडा तिर्ने बिधुत प्राधिकरण चन्द्रपुर शाखाले जनाएको छ ।
चन्द्रपुर नगरपालिकाका मेयर सन्जय काफ्लेले विद्युत् पोलमा झुन्ड्याइएको तारले नगरको सुन्दरता नै बिगारेकोले त्यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने  बताए ।
तार व्यवस्थित नगर्दा दुर्घटनाको जोखिम उत्तिकै बढेको र ‘व्यवस्थित गर्न अनुरोध गर्ने मेयर काफ्ले ले बताए ।
पोलमा प्राय आगलागी हुँदा स्थानीयको घर पनि सल्किने जोखिम रहेको चन्द्रपुर-४ का वडाअध्यक्ष रबी रानामगरल बताए ।
राजमार्ग मा लत्रिएका तारहर दुर्घटनाका कारक बन्ने स्थानिय बताउछन । तारका कारण सडक किनारबाट हिड्नेहरु अल्झिएर लड्ने गरेका छन ।
  जिल्लाको सदरमुकाम गौर, गरुडा, शिवनगर, कहटरिया, बजारहरूमा कम्युनिकेसन र टिभिकेबल सञ्चालकले जथाभावी पोलमा तार झुन्ड्याएका छन् ।
चन्द्रपुर नगरपालिका-५ स्थित विद्युत् पोलमा एक साताअघि आगो लाग्दा  भागदौड मच्चिएको थियो ।
विद्युत् पोलमा नेटवर्क कम्युनिकेसनले लगाएको तार खुकुलो भई हल्लिएर विद्युतको नांगो तारमा ठोक्किएपछि आगो लाग्ने गरेको छ ।
दुई महिनाअघि चन्द्रपुरको मुख्य चोकमा विद्युत् पोलमा झुन्ड्याइएको तारमा आगो लागेको थियो । उक्त आगो नगरपालिकाको वारुणयन्त्रले निभाएको थियो ।
नेटवर्क कम्पनीले पोलमा बाँधेको तार भुइँमा झर्दासमेत वास्ता नगरेको गुनासो छ ।
कम्युनिकेसन कम्पनीले पोलमा तार झुन्ड्याएबापत प्राधिकरणलाई वार्षिक भाडा तिर्छन् ।
इन्टरनेट, केबल र टेलिकमका झुन्ड्याइएका तारले बजार क्षेत्रमा   जोखिम बढाएको गुनासो बढेको छ ।
पोलमा तार व्यवस्थित नहुदा तार हल्लिएर विद्युतको नांगो तारमा पर्ने र सर्ट भई आगजनीका घटना हुन थालेको विद्युत प्राधिकरण चन्द्रपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताए ।
‘नेटवर्क कम्पनीलाई व्यवस्थित तरिकाले तार लगाउन भन्दै आएकाे प्रमुख यादवले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु