Wednesday, January 22, 2025

चन्द्रपुर ३ मा सुकुम्वासीको जमिन नाप्दा पैसा लिएको गुनासो

पछिल्लाे समाचार


चन्द्रपुर ११ फागुन । गैडाटारका स्थानियले अब्यबस्थित बसोबासलाई ब्यबस्थित बनाउने नाममा रकम लिएको  गुनासो गरेका छन ।
अहिले रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा राष्ट्रिय भुमि आयोगद्धारा ऐनानी जग्गाहरुको  नापी कार्य अन्तिम चरणमा पुगेको छ ।
सोही नापी कार्य चलीरहदा आयोगका कर्मचारीहरुले नागरिकहरुबाट जनही २ हजारदेखि माथी रकम असुल्दै आएको स्थानिय सञ्चारकर्मी वसन्त लामाको भनाइ छ।
स्थानिय संचारकर्मी लामाको ऐलानी जग्गा नापी गर्ने क्रममा आफुबाट पनि उनीहरुले २ हजार रुपिया दिन बाध्य बनाएको गुनासो पोखेका छन ।
विभिन्न बाहानामा सोझा नागरिकहरुलाई जनही २ हजारका दरले रकम असुली गरिरहेको सञ्चारकर्मी वसन्त लामा बताउछन ।
रौतहटका विभिन्न स्थानमा राष्ट्रिय भुमि आयोगद्धारा अब्यस्थित बसोबासलाई ब्यबस्थित बनाउन जग्गा नापी कार्य सञ्चालन गरि रहेको छ ।
रौतहटको  चन्द्रपुर ३ गैडाटारसहित मुलुकभर बर्षौ देखि स्थानीयले भोगचलन गर्दै आइरहेको जग्गाहरुको ब्यबस्थापन नहुदा ब्यबस्थापनका लागी राष्ट्रियभुमि आयोगले नापी कार्य गर्दै आएको छ ।
  पुरानो लालपुर्जाको क्षेत्रफल भन्दा नक्साको क्षेत्रफल  बढी रहेकाले अहिले सर्वे भइरहेको नापीको आधारमा केही स्थानहरुमा २–५ मिटरको खाली ठाउँ छोडेर नापी गरेको जनाइएको छ ।
पुरानो लालपुर्जा  भई भोगचलन गर्दै आइरहेको जग्गा कमी हुने र सो जग्गा पूरा गराउन पुरानो नक्सा भन्दा ५ मिटर खालि ठाउ छोडेर नापी गरेको भुमिआयोगका टोलि प्रमुख बिकास यादबको भनाइ रहेको छ ।
सो जग्गाहरु राष्ट्रिय भुमि आयोगका नापीको सर्बे इन्जिनियरमा रौतहटका संजय कुमार सहनीले नापी गर्दै आएका छन ।
  आफ्नो नम्बरी जग्गा छुट्याई दिन अनुरोध गरेमा सो बापत जग्गा नापी गरेको रकम असुलेको हुन सक्ने वडा अध्यक्ष बोधनाथ देवकोटाले बताए ।
नक्सा भएको तर सार्बजनिक देखिएको जग्गा धेरै भएको ठाउँमा १५ मिटर देखि २५ मिटर सम्म नक्सा काटिदिएको र त्यसलाई क्लियर गरेर नाप्ने भन्दा स्थानियले नमानेको वडा अध्यक्ष देवकोटाले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु