रौतहट २७ माघ । हात्तीपाइले रोग बिरुद्ध औषधि खुवाउने अभियानको जिल्ला समन्वय समिति तथा सरोकारवाला निकायहरुको अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । चन्द्रनिगाहपुर सिटी जेसिजले अभियानमा सहयोग गर्ने प्रतिबद्घता ब्यक्त गरेको छ ।
रौतहट जिल्लामा आगामी ११ फाल्गुन २०७९ देखि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइने अभियान शुरु हुँदै छ ।
अभियानमा चन्द्रनिगाहपुर सिटी जेसिज , जिल्ला समन्वय समिती सभापति अध्यक्ष रहने गरि प्रमुख जिल्ला अधिकारी समेतको सहभागितामा १७ सदस्य जिल्ला समिती गठन गरिएको छ ।