रौतहट ३ फागुन। चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित नमुना सामुदायिक वन समितिले घाटगद्दी गरि राखेको गोलियामा आगलागी हुँदा जलेर काठ नष्ट भएको छ ।
नमुना सामुदायिक वन समितिका अध्यक्ष विनोद चौधरीले बुधबार घाटगद्दी गरेर राखेको काठमा आगो लागेको बताएका छन ।
सागरनाथ वन परियोजनाको बन हुदै काठमा सल्किएको आगो नियन्त्रणमा लिन चन्द्रपुर ,हरिवन नगरपालिकाको वारुणयन्त्र, प्रयोग भएका थिए ।
वर्षौदेखि संकलन गरि राखेको काठमा लागेको आगो करिब ३ घण्टापछि नियन्त्रण आएको थियो ।
आगोले १५–१६ वटा काठको चट्टा जलेको र करीव ५० लाखको नोक्सान भएको बन समितीका अध्यक्ष चौधरीको बताएका छन।
जलेका अधिकांस साल प्रजातिका काठ रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । आगलागीबाट भएको क्षेतिको एकिन बिवरण आइनसकेको डिभिजनल वन अधिकृत सुनिल कुमार कर्णले बताए ।
घाटगद्दी गरी राखिएका गोलिया काठहरु हेटौंडा–ढल्केवर–दुहबी ४ सय केभी प्रसारण लाइनको टावर निर्माण गर्दा काटिएका रुखहरु रहेका थिए ।
डिभिजन वन कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई काठहरु कुहिएर नष्ट हुँदै गएकोले चाँडै लिलाम प्रक्रिया अगाडि बढाउन आग्रह गरेपनि बन कार्यालयले चासो नदिदाँ आज जलेर नष्ट भएको अध्यक्ष चौधरीको गुनासो छ ।
बन अधिकृत कर्णले जलेका काठको केही समय अघि लिलाम प्रकृया अगाडि बढाएक तर पुन काठको बर्गिकरण गर्नुपरेकाले ढिलो भएक बताएका छन ।