गौर १३ फागुन ।प्रादेशिक अस्पताल गौरमा प्रसुती सेवा सर्वसुलभ गर्ने योजना अघि बढेको छ ।
रौतहटको सदरमुकाम गौर स्थित रहेको प्रादेशिक अस्पताल गौरमा प्रसुती गराउने आउनेलाई सास्ती भएको अनुगमनबाट गुनासो थाहा भएपछि उक्त समस्या समाधान गर्न प्रादेशिक अस्पताल गौरका व्यवस्थापन समिति का अध्यक्ष मो.अनवर हास्मी लागि परेका छन ।
मधेश प्रदेश प्रसुती आपूर्ति व्यवस्थापन संग समन्वय गरि प्रादेशिक अस्पताल गौरमा प्रसुती सेवा सर्वसुलभ नहुदा,बेड अभाव रहेको अवस्थामा स्वास्थ्य सेवा विभाग टेकु ,काठमाडौ मार्फत समस्यालाई समाधान गर्न विभागको समन्वयमा पथलैया स्टोरले उपलब्ध गराएको प्रसुती समाग्री २ थान वेड साथै अन्य स्वास्थ्य समाग्रीहरु ल्याएको अध्यक्ष हास्मीले बताए ।
अस्पतालमा अभाव रहेको स्वास्थ्य औजार ,निशुल्क औषधि तथा जनशक्ति बारे सम्बन्धि निकायसंग सहकार्य एवं समन्वय गरिरहेको अध्यक्ष हाश्मीको भनाइ छ ।