Wednesday, January 22, 2025

खानेकुरा खोज्दै बांदर राजमार्गमा

पछिल्लाे समाचार

रौतहट २१ माघ ।जंगलमा पाइने खानेकुरा खाएर बाच्दै आएको बांदरहरु पछिल्लो समय बस्ति छेउछाउ र राजमार्ग मा खानेकुराको खोजिमा देखिन्छन ।
मौषम अनुसारका फलफूल र कन्दमूल खान नपाएपछि बादरहरु राजमार्गमा यात्रुले खान दिने आशमा देखिन्छन ।
राजमार्गमा यात्रा गर्नेहरुले खानेकुरा दिन थालेपछि बादर परजीवि जस्तै बन्न थालेका छन ।
राजमार्ग मा यात्रा गर्ने कतिपयले बाँदरलाई बिस्कुट, पाउरोटी चाउचाउ , फलफुल लगाएतका खानेकुरा दिने गर्छन्।
बाँदर खानाको आसमा पूर्व–पश्चिम राजमार्गमा यात्रु कुरेर बस्छन ।
हातेमालो सामुदायिक वनक समितिका सचिव शालिकराम न्यौपाने भन्छन , “बाँदरले रुचाउने वनमा पाइने जामुन, कुसुम, हर्रो, बर्रो, भलायो, खन्यु, कुरिलो, निगुरो, तरुल, फलफूल र कन्दमूल मासिँदै गएपछि राजमार्ग र बस्ति मा बांदर आउन थाले ।” सहज रूपमा खानेकुरा पाउन थालेपछि बाँदरले जङ्गलमा खानेकुरा खोज्न छोडेर राजमार्ग कुर्न थालेको वन्यजन्तुविद् हरु बताउछन ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कुमार कर्णले बाँदरका लागि वनमा पर्याप्त खानेकुरा भए पनि बाँदर खोज्न जाँदैनन्। राजमार्गमा खानेकुरा दिदा बांदर दुर्घटनामा समेत पर्दै आएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु