रौतहट २९ माघ ।आश्रय निर्माण सेवा रौतहटका संचालक रामश्रे साहको उपचारको क्रममा निधन भएको छ।
६४ बर्षिय साहको उपचारको क्रममा भारतको चण्डीगढमा शुक्रबार निधन भएको हो।
निर्माण ब्यवसायी रामाश्रे साह लामोसमय देखि क्यान्सर रोग बाट पिडित रहेको उनका भाई तथा मधेश प्रदेशका सांसद नागेन्द्र साहले बताएका छन ।
अन्तिम संस्कार गृहनगर रौतहटको दुर्गा भगवती गाउँपालिका ५ स्थित बागमती नदि किनारमा हुने प्रदेश सांसद साहले जानकारी दिएका छन ।
निर्माण ब्यवसाय तर्फ ४० बर्षदेखी योगदान गर्दै आएका स्वर्गीय साहको दुइजना छोरा रहेका छन ।
निर्माण ब्यवसायी संघ रौतहटले शुक्रबार एक शोक बिज्ञप्ति जारिगर्दै अग्रज निर्माण ब्यवसायी रामाश्रे साहको निधन प्रती दुखस् व्यक्त गरेको छ।
संघका अध्यक्ष कृष्णदेव यादवले बिज्ञप्ति मार्फत उनको निधनले निर्माण ब्यवसाय क्षेत्रमा अपुरणिय क्षति भएको उल्लेख गर्दै मृत आत्माको चिरशान्तीको कामना समेत गरेका छन ।