रौतहट १६ फागुन ।जिल्लाको १२ पालिकामा किसानको सिंचाई समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।
मधेश प्रदेश सरकारका कृषि, पशुपंक्षी, भुमी व्यवस्था तथा सहकारी मन्त्रालय र नेपाल विधुत प्राधिकरण प्रादेशिक कार्यालयले मधेश प्रदेशलाई सबै पालिकाहरुमा कृषि विधुतिकरण गर्ने निति लिएपनि कार्यान्वयन नभएको किसानको गुनासो छ ।
रौतहटका किसानले प्रत्यक्ष लाभ लिन सक्ने महत्वपूर्ण कार्यक्रम प्रति राजदेवी नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, इशनाथ नगरपालिका, गौर नगरपालिका, बौधिमाइ नगरपालिका, वृदावन नगरपालिका, फतुवाबिजयपुर नगरपालिका, गुजरा नगरपालिका, यमुनामाइ गाउँपालिका, चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिकाले ध्यान नदिएको भन्दै ध्यानार्कषण सहित तथा सम्बंधित निकायमा पहल कदमीको लागि जनमत पार्टी रौतहटको नगर कमितिद्वारा १२ पालिकाहरुमा ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाएको सो पार्टीका जिल्ला सचिव बिकास कुमार यादवले जानकारी दिएका छन् ।