सिन्धुली २६,माघ । सिन्धुलिको हरिहरपुरगढी २ बखफरको जनता उच्च माध्यामिक बिधालयको कार्यालयमा स्थानिय अभिभावकले तालाबन्दी गरेका छ्न । पौष ४ गते बसेको बिधालय अभिभावक भेलाबाट ४ जना सदस्य र गाउँपालिका प्रतिनिधि १ सदस्य गरि ५ जना चयन भएकोमा । पौष १९ गते बिधालय ब्यबस्थापन समितिको अध्यक्षमा शुभाष कुमार राईलाई सर्बसम्मत चयन गरिएको थियो । तर बिधालय प्रशासनले सर्बसम्मत अध्यक्ष चयन हुदा पनि बिबादित भनेर पालिकालाई जानकारि गराइएको आरोप आभिभावकले लगाएको छ ।
गाउँपालिकाको शिक्षा कार्यबिधी अनुसार यदि बिबादित भएको खण्डमा १५ दिन भित्रमा समाधान नभएमा गाउँपालिकाले बिधालय ब्यबस्थापन समिती तोक्ने अधिकार रहेको छ । स्थानिय अभिभावकले आफुले चाहेको अध्यक्ष नराखेर आलटाल गरेको भन्दै बिधालय प्रशासन कक्षमा तालाबन्दी गरेका छ्न ।