रौतहट २६ माघ ।स्थानीय प्रशासनले व्यवसायीक वातावरणमा बाधा पुर्याएको भन्दै व्यवसायीहरुले रौतहट जिल्लाका बजार बन्द गर्ने घोषणा गरेका छन ।
रौतहट उधोग वाणिज्य संघ रौतहटले बिहीबारका उधोगी व्यवसायीहरुको व्यवसायीक वातावरणमा अवरोध गर्ने गतिविधिको विरुद्ध आन्दोलन गर्ने बताएका छन ।
रौतहटमा स्थानीय प्रशासन तथा विभिन्न निकायबाट बजार अनुगमनको नाउमा उधोगी व्यवसायीहरुलाई त्रसित पार्ने काम भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
व्यवसाय फस्टाउन कुनै नीति नियम तथा आयात गरि ल्याउने समेतको सेवा सुविधा सरकारले व्यवस्थापन गर्नुको सटा आर्थिक नीति ल्याएको भन्दै रौतहट उधोग वाणिज्य संघ गौरका अध्यक्ष पंडित प्रसाद जयसवालले आपती जनाए ।
व्यवसायीहरुलाई थप मनोबल बढाउने नीति ल्याउनुपर्नेमा आर्थिक नीति ल्याउनु व्यवसायीक क्षेत्रबाट पलायन हुन बाध्य पार्नु हो अध्यक्ष जयसवालको भनाइ छ ।
गौर भन्सार कार्यालयबाट खाद्यान्न समाग्रीहरु आयात गरि ल्याउने व्यवस्था समेत न भएको यहाँका उधोगी व्यवसायीहरु थप मर्कामा परेको गुनासो छ ।
नेपाल सरकारले ल्याएको आर्थिक नितिले गरेको अव्यवहारी व्याज वृद्धिबाट पीडित व्यवसायीहरुको व्यवसायीक वातावरणमा समेत अवरोध भएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको यस विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीले माघ २६ गते देखि २९ गते सम्म (अति आवश्यक सेवाहरु बाहेक)बजार बन्द गर्ने रौतहट उधोग वाणिज्य संघका अध्यक्ष पंडित जयसवाल र महासचिव रबिन्द्रनाथ गोपालीको संयुक्त हस्ताक्षर सहितको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
रौतहटका व्यवसायीहरुले सदरमुकाम गौर बजार परिक्रमा गरि व्यापारी एकता जिन्दावाद जस्ता नारा सहित प्रदर्शन गरेका छन ।
व्यापार गर्ने वातावरण नरहेको भन्दै रौतहट उद्योग वाणिज्य संघले चार दिन सम्पूर्ण व्यापारिक प्रतिष्ठान बन्द गर्ने निर्णय गरेको हो ।
गौरका व्यापारिक प्रतिष्ठान लगायत विभिन्न स्थानमा प्रहरी, प्रशासन सहित विभिन्न निकायबाट बजार अनुगमनको नाममा व्यापारीको पसलमा छापामारी गर्ने, शिल गर्ने, पसलेलाई पक्राउ गर्ने लगायतको कार्य प्रति उद्योग वाणिज्य संघ गम्भीर भएर कठोर कदम उठाउन बाध्य भएको संघका अध्यक्ष जयसवालले बताए ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सार्वजनिकरुपमा असर पुग्ने गरी कुनैपनि कार्य नगर्न नगराउन रौतहट उद्योग वाणिज्य संघ संघ आग्रह गरेका छन ।
उनले चोरी तस्करीको माध्यमबाट आएका मालसामानहरु भण्डारण गरिएको सुचनाको आधारमा प्रहरीले छापा मारेर सिलबन्दी गरेको राजस्व अनुसन्धान कार्यालयको टोलीले अनुगमन गरिरहेको स्पष्ट पारेका छन ।