रौतहट २७ माघ ।वृन्दावन नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ ।
वृन्दावन नगरपालिका–२ स्थित रहेको नेपाल माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रपति रनिङ्गशिल्ड माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता २०२९ सुरु भएको हो ।
शुक्रवार आयोजित एक कार्यक्रमका बीच वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ शुक्रवारदेखी शुरु भएको प्रतियोगिता माघ २९ गतेसम्म चल्नेछ ।
वृन्दावन नगरपालिकाको आयोजिनामा सुरु भएको प्रतियोगितामा नगरपालिकाका सबै सामुदायीक विद्यालयका छात्रछात्राहरुले सहभागी छन ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख कुर्मीले यस्ता किसिमको प्रतियोगिताले विद्यार्थीलाई खेलकुद प्रति अभिरुची बढ्नुका साथै उर्जा थपिने बताएका छन् ।
शिक्षा र खेलकुदको माध्यमले नगरलाई विकसित बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउँदै उनले राष्ट्रपति रनिङ्गशिल्ड जस्ता प्रतियोगिताले भोलीका दिनमा यहाँका बालबालिकाहरुलाई राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय स्तरका खेलमा समेत भाग लिन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
आगामि दिनमा समेत नगरपालिकाले यस्ता किसिमका प्रतियोगिता आयोजना गर्दै जाने उनले बताए । साथ साथै उनले खेलप्रति अभिरुची राख्नेलाई थप प्रोत्साहन समेत गर्दै जाने बताए ।
खेलकुद जगतको विकासका लागि आउँदो आर्थिक वर्षमा नगरको बजेटमा नगरपालिकाका प्रत्येक माध्यमिक विद्यालयलाई एक–एक लाख र निम्न माध्यमिक विद्यालयहरुलाई ५० हजारको दरले रकम छुट्याउने मेयर कुर्मीले घोषणा गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय हुनेलाई नगरपालिकाले पुरस्कारको पनि व्यवस्था गरेको छ।