रौतहट २७ माघ । उधोग बाणिज्य संघ रौतहटले शुक्रवार आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएको छ ।
स्थानीय प्रशासनबाट विगतमा भएको विभिन्न व्यापारीक अवरोध र सरकारको निति विरुद्ध यस संघले माघ २६ गतेको निर्णय अनुसार माघ २९ गते सम्म अति आवश्य सेवा बाहेक सम्पूर्ण व्यवसाय बन्दको आह्वान गरेको थियो ।
शुक्रवार स्थानीय प्रशासन र संघका पदाधिकारी बिच बैठक बसेर स्थानीय प्रशासनले अगामी दिनहरुमा व्यवसायीहरुलाई व्यवसाय गर्न सहकार्य गरी अव्यवहारीक अवरोध नगर्ने सहमती भएको छ । यस्तै प्लान्ट क्वारेन्टाईनको कार्यालय स्थापना गरी खाधान्न सामग्रीको सहज आयात ,बैंक व्याज वृद्धि लगायतको समस्या समाधानको लागि सम्बन्धीत निकायमा पहल गर्ने सहमती पछि आन्दोलन फिर्ता भएको छ ।
आन्दोलनको कार्यक्रमहरु फिर्ता भएकोले सम्पूर्ण व्यवसायीहरुले आफनो व्यवसाय खोली संचालन गर्न संघले आग्रह गरेको छ ।
संघका रौतहट अध्यक्ष पंडित प्रसाद जयसवालले एक बिज्ञप्ती जारी गरि पुर्व घोषित बिरोधका सवै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।