रौतहट १५ फागुन । उखु खेती गर्ने किसान घटेपछि रौतहटमा दुई वर्षयता चिनी मिलले लक्ष्यअनुसार चिनी उत्पादन गर्न सकेको छैन ।
समयमा नै भुक्तानी नपाउने लगाएतका समस्याले किसानले उखुखेती गर्न छाडेपछि उद्योगलाई उखु अभाव हुन थालेको भनाइ छ ।
जिल्लाको कटहरिया नगरपालिकास्थित बाबा बैजनाथ चिनी मिलले उखु नपाएपछि मिल बन्द हुने अवस्थामा पुगेको उधोगले जनाएको छ । गत वर्ष उखु अभाव भएपछि करिव ६ लाख कुइन्टल भन्दा बढी उखु क्रसिङ गर्न नुकेको उधोग संचालकको भनाइ छ ।
चिनी मिल सञ्चालक बैजु बाबराले उखु पाउन छाडेपछि मिल बन्द हुने अवस्थामा पुगेको बताउछन ।
मिल संचालक बाबरा भन्छन,”लक्ष्य अनुसार क्रसिङ गर्न सकिएन,बर्सेनि मिल घाटामा जान थाल्यो ,उखुकै कारण मिल सञ्चालन गर्न समस्या परेको छ ।’”
उक्त मिलले एक सिजनमा २० देखि २५ लाखसम्म किन्टल क्रसिङ गर्ने लक्ष्य लिएको थियो । तर मिलले ७ लाख मात्र क्रसिङ गरेको छ ।
२० लाख बढी क्विन्टल उखु उत्पादन हुने रौतहट जिल्लामा अहिले मुस्किलले १० देखि १२ लाख मात्र खेती भएको उखु उत्पादक संघका अध्यक्ष अशोक यादव बताउछन ।
बाबा बैजनाथ चिनि मिलले दैनिक २० हजार क्विन्टल क्रसिङ गर्ने लक्ष्य राखेको थियो तर अहिले ७/८ हजारभन्दा कम उखु क्रसिङ गरिरहेको छ ।
उखु अभावले चिनि मिल बन्द हुने अवस्थामा पुगेको सञ्चालक बाबराको भनाइ छ ।
बारा र सर्लाहीका किसानको उखु खरिद गर्ने लक्ष्य राखेको मिलले ती दुवै जिल्लाहरु बाट उखु ल्याउन सकेनन ।
गरुडामा २०५१ सालबाट सञ्चालनमा आएको श्रीराम सुगर मिल दुई वर्ष अघि नै बन्द भइसकेको छ । उक्त मिलले बारा, पर्सा, रौतहटका किसानको एक सिजनामा ३० लाख क्विन्टलसम्म उखु क्रसिङ गरेको थियो ।
बाबा बैजनाथका सञ्चालकले सबै सुविधा दिएर किसानलाइ उत्साहित बनाउन थालेका छन ।
उखु बिक्री गरेको साता र पन्ध्र दिनमा भुक्तानी दिने, चलानमा सहजता र उखु खेति गर्न किसानलाई दिने सुबिधा दिने , किसानको खेतमै पुगेर बीउबिजन, मलखाद र भुक्तानीमा सहयोग गर्दै आएको मिलले जनाएको छ ।