रौतहट २५ माघ । गौर नगरपालिकाका अधिकांश व्यवसायीहरुले छापामारीका डरले पसलहरु बन्द गरेका छन् ।
एक सातादेखी आन्तरिक राजश्व कार्यालयको टोलीले गौरका ब्यापारीहरुको खाध्यान्न गोदाममा छापामारी मार्न थालेपछि व्यापारीहरु डराएर सटर बन्द गरेका हुन ।
छापामारीको नाममा व्यापारीले दुख पाएकाले यस्तो काम तत्काल बन्द गर्न व्यापारीहरुले माग गरेका छन् ।